काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आपतकालिन बैठक भोलि (सोमबार)लाई बोलाएको छ । कार्यसमिति बैठक सम्पन्न भएको दुई साता पनि नबित्दै एन्फाले आपतकालिन बैठक आह्वान गरेको हो ।
बैठक ललितपुरस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो १ बजे बस्नेछ । एन्फा महासचिव इन्द्रमान तुलाधरका अनुसार बैठकका लागि ४ एजेण्डा तय गरिएको छ ।
पहिलो एजेण्डा एन्फाको मानार्थ अध्यक्षको बिषयमा रहेको छ ।
यस्तै, दोस्रो कोरोना राहतको बिषय, तेस्रो भक्तपुर जिल्ला फुटबल संघको बिषय र चौथो एजेण्डा विविध अन्तर्गत रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया