ओमानबाट हुने दोस्रो उडान तीन दिनअघि सर्‍यो, दूताबासको सूचना थाहा पाउनुभयो ?

काठमाडौं – कोरोना भाईरस ‘कोभिड -१९’ का कारण परदेशमा अति अप्ठेरोमा परेका नागरिकलाई सरकारले उद्धार गर्दैछ ।

यसैक्रममा म्यानमार, युइए, कुवेतबाट केही नागरिक स्वदेश आएका छन् ।

यसैबीच ओमानबाट नेपाली लिएर आउने उडानको मिति परिवर्तन भएको छ । अर्थात् जुन २१ मा हुने भनिएको दोस्रो उडान तीन दिन अगाडि सरेको छ । अब उक्त उडान उक्त उडान जुन १८ मा नै हुने भएको छ । नेपाली राजदूतावास मस्कटले सामाजिक सञ्जाल फेसबुकमार्फत एक सूचना जारी गर्दै उडान छिटो हुन गइरहेको जनाएको हो । तर नेपाल फर्किने श्रमिकहरू कोरोना जाँच गरेर नेगेटिभ रिपोर्ट आएकाहरु मात्र आउन पाउनेछन् ।

ओमानस्थित नेपाली दूतावासमा विभिन्न माध्यमबाट आफ्नो अवस्था र नाम टिपाएकामध्ये प्राथमिकताका आधारमा उद्धार गरिँदैछ ।

सो उडानबाट १८० नेपाली घर फर्कनेछन् । यो उडानको एकतर्फी हवाइभाडा ११५ ओमानी रियल अर्थात् करिब ३६ हजार तोकिएको छ ।

यस्तै दूताबासले दोस्रो उडानका लागि दूतावासबाट प्रकाशित नामावली बमोजिमकाले १४ जुनमै ‘कोभिड १९’ को पीसीआर परीक्षण गरिसक्न अनुरोध गरेको छ ।

कोरोना नेगेटिभ देखिएका नेपाली स्वदेश आएपछि सीधै घर जान पाउने दूतावासले जनाएको छ ।

यसअघि नेपाल ल्याईएकाहरु अनिवार्य १४ दिन क्वारेन्टाईनमा बसेर मात्रै घर जान पाउने नियम भएकोले विभिन्न स्थानका क्वारेन्टाईनमा बसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?