विप्लव पार्टीको कार्यक्रम प्रहरीले विथोल्यो, पूर्वमन्त्रीसहित ३५ बढी नेता कार्यकर्ता पक्राउ

विराटनगर, ६ फागुन । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको युवा संगठन राष्ट्रिय युवा जनस्वयमसेवकको राष्ट्रिय सम्मेलन प्रहरीले विथोलेको छ मोरङका विभिन्न स्थानबाट विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय नेता तथा पूर्वमन्त्री पदम राई र हेमन्तप्रकाश ओली सुदर्शनसहित ३५ जनाभन्दा बढी नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ युवा जनस्वयमेवकको तेस्रो राष्ट्रिय सम्मेलनमा सहभागी हुन आएका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो विराटनगरमा आयोजित कार्यक्रममा सहभागी हुन आएका उनीहरुलाई विराटनगरको राजवंशी चोक, संसारीमाई लगायतका स्थानबाट पक्राउ गरेको हो । प्रहरीले सोधपुछका लागि भन्दै विप्लव माओवादीका नेता कार्यकर्तालाई नियन्त्रणमा लिएको छ नेकपाले कार्यक्रममा सहभागी हुन आउने क्रममा जिल्लाका विभिन्न स्थान कानेपोखरी, वेलवारी, केराबारी, विराटनगरको राजवंशी चोक, सुनसरीको इनरुवा लगायतका स्थानबाट प्रहरीले १० वटा गाडीसहित आफ्नो पार्टीका नेता कार्यकर्ता पक्राउ गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?