काठमाडौं । सांसद रामनारायण विडारीले भूमि फिर्ताका लागि पुरा गर्नुपर्ने नेपाल र नेपालीको कर्तव्य भएको बताए । अहिलेको अवशर प्राप्त गर्नका लागि धेरै आन्दोलन गर्नुपरेको स्मरण गर्दै उनले भने, ‘‘लाठी खाइयो, थुनामा परियो, कालापानी क्षेत्र हाम्रो हो भन्दा गोदाइ खाइयो ।
त्यस्तो हुँदहुँदै आज हामी यहाँ आइपुग्यौँ । यति काम गर्नका लागि हामीलाई गणतन्त्र चाहिने अवस्था परेको रहेछ । गणतन्त्र नआइ यो काम भएन् । जति धाक लाएपनि, जति लिपपोत गरेपनि, जति छोपेपनि गणतन्त्र नआइकन लोकतन्त्र नआइकन हामीले यो काम गर्न सकेनौँ ।’’
अब भारतीय सेनालाई नेपाली भूमिबाट हटाउने, भूमि फिर्ता गराउने र त्यहाँ निर्माण भएको बाटो नेपालको स्वीकृतिबिना चल्न नदिने कर्तव्य रहेको उनले बताए ।
भारतबाट पैसा बुझ्नेहरु भूमि फिर्ता ल्याए ओलीको बुट पालिस गर्ने कुरा गरेको भन्दै विडारीले भने ।
‘‘केही केहीले भूमि फिर्ता लियो भने ओलीको बुट पोलिस गर्छु भने, अहिले मोदीको बुट पोलिस गर्दैछन्, फिर्ता अयाो भने ओलीको बुट पोलिस गर्छन् । म प्रधानमन्त्रीलाई आग्रह गर्छु भूमि फिर्ता आएपछि त्यस्ता मान्छेलाई बुट पोलिसभन्दा पनि सीमानामा पाले बनाएर राख्नुपर्छ ।’’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया