भूमी फिर्ता ल्याँउन सबै जनता एकजुट हुनुपर्छ भन्दै विप्लवले निकाले यस्तो विज्ञप्ती

काठमाडौं । शनिवार संसदबाट अतिक्रमित भूमिसहितको नक्सा पारित भएसँगै नेत्र विक्रम चन्द विप्लवले संसदको निर्णयले देशको हितमा एक कदम पाइला अघि बढेको बताएका छन् ।

आइतवार एक विज्ञप्ती जारी गर्दै ५८ वर्षदेखि अतिक्रमित भूमी कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नयाँ नक्सा जारी गरेसँगै उक्त भूमी नेपालको स्वामित्वमा ल्याउनुपर्नेमा जोड दिएका छन् ।

देशको सार्वभौमिकतामा सरकारको मात्र मुख ताकेर नहुँने र सबै जनाता एकजुट हुनको लागि समेत आग्रह गरेका छन् ।

साथै आफ्नो पार्टी सधै देशको स्वाधिनताको रक्षामा अघि बढिरहने प्रतिवद्धता व्यक्त गरेका छन् । “हाम्रो पार्टी देशमाथिको कुनैपनि अतिक्रमणलाई सहन नगर्ने बरु डटेर प्रतिरोध गर्ने प्रतिवद्धता स्पष्ट पार्न चाहन्छ ।” उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?