ईन्टर मिलानलाई पाखा लगाउदै नापोली कोपा ईटालियाको फाईनलमा

काठमाडौं । नापोली कोपा ईटालियाको फाईनलमा प्रवेश गरेको छ । ईन्टर मिलानलाई हराउँदै नापोली कोपा ईटालियाको फाईनलमा प्रवेश गरेको हो ।

शनिबार राति भएको सेमिफाईनलको दोस्रो लेगमा १–१ को बराबरी खेल्दै समग्रमा २–१ को नतिजा सहित पाँच पटकको विजेता नापोली फाईनल प्रवेश गरेको हो ।

पहिलो लेगको खेलमा नापोलीले १–० को अग्रता लिएको थियो ।

सेमिफाईनलको दोस्रो लेगमा पाहुना टोली ईन्टरले क्रिस्टियन ईरिक्सनको गोलबाट खेलमा अग्रता थियो । डेरिस मार्टिन्सले ४१ औ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । लोरेन्जोको पासमा मार्टिन्सले नापोलीबाट कीर्तिमान गोल गर्न सफल रहे ।

मार्टिन्सले नापोलीको जर्सीमा कीर्तिमानी १ सय २२ औं गोल गरेका हुन् । उनले स्लोभाकियाका मारिक हाम्सिकको कीर्तिमानीलाई भंग गर्न सफल रहे ।

दोस्रो लेगमा दुवै टोलीले अंक बाँड्न परेपछि नापोलीले पहिलो लेगमा लिएको अग्रताका आधारमा फाईनल प्रवेश गर्न सफल रह्यो ।

नापोलीले उपाधिका लागि युभेन्ट्ससंग आगामी बुधबार प्रतिस्पर्धा गर्नेछ । युभेन्ट्सले एसी मिलानलाई हराउँदै कोपा ईटालियाको फाईनल प्रवेश गरिसकेको छ ।

नोपोलीले पछिल्लो पटक सन् २०१४ मा प्रतियोगिताको उपाधि उचालेको थियो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?