मेस्सीको गोलमा बार्सिलोनाको शानदार जित

काठमाडौं । ला लिगामा बार्सिलोनाले मालोर्कालाई ४–० गोल अन्तरले पराजित गरेको छ । लियोनल मेस्सीको गोल गरेको खेलमा बार्सिलोनाले ला लिगामा सहज जित निकालेको हो ।

खेलको दोस्रो मिनेटमा अर्तुरो भिडालको हेड गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो । ३७ औं मिनेटमा मार्टिन ब्रेथवेटले बार्सिलोनाको जर्सीमा पहिलो गोल गरे ।

जोर्डी अल्बाले ७९ औ मिनेटमा बार्सिलोनालाई ३–० को स्थितीमा पुर्याएका थिए ।

Barcelona player ratings vs Mallorca - AS.com

दोस्रो हाफको ईन्जुरी समयमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई सहज जित दिलाए । मेस्सीले यस सिजन लिगमा २० औं गोल पुरा गरे ।

लुईस सुआरेज बैकल्पिक खेलाडीको रुपमा मैदान छिरे । उनी गत जनवरीपछि पहिलो पटक मैदानमा देखिएका हुन् । उनी ईन्जुरी समयमा गोलको नजिक समेत देखिएका थिए । घुँडाको सल्यक्रिया गरेर पहिलो पटक मैदानमा देखिएका सुआरेजले आफ्नो प्रभाव देखाउन सफल रहे ।

बार्सिलोनाले लिगमा ५ अंकको अग्रता लिएको छ । उसले २८ खेलबाट ६१ अंक बनाएको छ । मालोर्का २५ अंक सहित रेलिगेशन जोनमा रहेको छ ।  एजेन्सी

Barca 4-0 win at Mallorca features Messi and pitch invader | ABS ...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?