कालिका पावर कम्पनीको आइपिओमा आवेदन दिने आज अन्तिम दिन

काठमडौं, ६ फागुन । कालिका पावर कम्पनीले आयोजना प्रभावित गोरखा जिल्लाका स्थानीय बासिन्दालाई निष्कासन गरेको आइपिओमा आवेदन गर्ने आज अन्तिम दिनरहेको छ हाइड्रोले गत माघ २१ गतेदेखि १ सय अंकित दरको ६ करोड बराबरको ६ लाख कित्ता साधारण सेयर (आईपिओ) निष्काशन गरेको थियो कम्पनीले बताए अनुसार, गोरखा जिल्लाको तत्कालीन मुच्चोक गाविस, सौरपानी, ताकुमाक्र लाकुरीबोट, मसेल, श्रीनाथकोट, ताप्ले, नारेश्वर र गोरखा नगरपालिका वडा नं. ४, ५ र १३ अजिरकोट गाउँपालिका वडा नं. ४ र ५ तथा ६, भीमसेन गाउपालका वडा नं. १, सीरानचोक गाउपालिका वडा नं. ७ र गोरखा नगरपालिका वडा नं. २, ३, ४, ५, ६ र ७ का बासिन्दाका लागि ४० प्रतिशत शेयर बिक्री गर्ने छ यी गाउँका जनताले करिब २ लाख ४० हजार कित्ता शेयर पाउनेछन् गोरखा जिल्लाका अन्य बासिन्दाका लागि ६० प्रतिशत अर्थात् ३ लाख ६० हजार कित्ता शेयर छुट्याइएको छ । उक्त आइपिओमा न्यूनतम १० कित्ता अर्थात एक हजार रुपैयाँदेखि र अधिकत्तम ३ हजार कित्ता अर्थात तीन लाख रुपैयाँसम्मको आवेदन दिन सकिनेछ लगानीकर्ताले कालिका पावर कम्पनी आयोजना स्थल चनौटे गोरखा, साँग्रिला डेभलपमेन्ट बैंकको गोरखा शाखा, आरुघाट शाखा, घ्याम्पेसाल शाखा, पालुङटार र छेवेटार शाखाबाट सेयर भर्न सक्नेछन् । कम्पनीको आयोजना स्थल र साँग्रिला डेभलपमेन्ट बैंकको गोरखा जिल्लाका शाखाहरुबाट मात्र सेयर भर्न मिल्नेछ । यसमा आस्वाबाट सेयर भर्ने व्यवस्था गरिएको छैन ६० करोड रुपैयाँ अधिकृत पूँजी रहेको कालिका पावरले पहिलो चरणमा आयोजना प्रभावित बासीन्दालाई ६ करोडको साधारण सेयर जारी पश्चात दोस्रो चरणमा सर्वसधारण र कर्मचारीलाई गरी १२ करोडको १२ लाख कित्ता आईपीओ जारी गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?