स्वाब परीक्षण रिपोर्ट आउन ढिलाइ भएको भन्दै शनिबार राजपुर नगरपालिका–१ स्थित क्वारेन्टाइनमा बसेकाले सडकमा आएर आन्दोलन गरेका छन् । उनीहरूले त्यहाँ खटिएका सुरक्षाकर्मीमाथि ढुंगामुढासमेत प्रहार गरेका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाई फायर र १२ सेल अश्रुग्यास प्रहार गरेको जनाएको छ ।
भारतका विभिन्न सहरबाट फर्केका उनीहरू क्वारेन्टाइनमा बसेको झन्डै तीन साता हुन लाग्यो । जिल्लामा झन्डै ६ हजारको स्वाब संकलन गरिएको पनि एक साताभन्दा बढी भइसकेको छ । रिपोर्ट नआएको भन्दै राजपुरस्थित बहुअर्वा, मदररसाहा र पिपरा भगवानपुर क्वारेन्टाइनमा बसेका करिब १६० जनाले सडकमा काठ तेर्स्याएर प्रहरीमाथि ढुंगामुढा गरेका हुन् । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र र सेनाको टोली पुगेर स्थिति नियन्त्रणमा लिएको थियो ।कान्तपिुर दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया