पार्टी एकता र मन्त्रिपरिषद विस्तारमा सहमति खोज्न ओली–प्रचण्ड छलफल

काठमाडौं, ६ फागुन । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी एकता र मन्त्रिपरिषद विस्तारबारे छलफलमा जुटेका छन् सहमतिको खोजीका लागि दुई नेताबीच बी एन्ड बी मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंको भक्तपुरको पुरानो ठिमीस्थित घरमा वार्ता भइरहेको बताइएको छ प्रसाई माओवादी अध्यक्ष प्रचण्डनिकट व्यवसायी मानिन्छन् । यसअघि पनि दुई नेताबीच ललितपुरको मानभवनस्थित माओवादी निकटका निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको घरमा छलफल भएको थियो केही समयदेखि पार्टी एकताका विषयमा निरन्तर छलफलमा रहेका दुई नेताबीच शनिबार ओली निवास बालकोटमा नै छलफल भएको थियो । यद्यपि उनीहरुबीच पार्टी एकताका विषयमा ठोस सहमति बन्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?