१३ आश्विन २०८०, शनिवार

माओवादी केन्द्र र फोरम नेपाल दुई / दुई तथा काँग्रेस एक स्थानीय तहमा विजयी

२०७४,आश्विन,५,बिहीवार ०६:२३

0
Shares

लहान, ५ असोज ।सिरहाको १७ स्थानीय तहमध्ये आज बिहानसम्ममा पाँच स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।प्राप्त पछिल्लो मतपरिणामअनुसार नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपालले दुई÷दुई र नेपाली काँग्रेसले एक स्थानीय तहमा विजयी हासिल गरेको छ ।माओवादी केन्द्रले सिरहाको कर्जन्हा नगरपालिका र अर्नमा गाउँपालिका, संघीय समाजवादी फोरम नेपालले  भगवानपुर गाउँपालिका र विष्णुपुर गाउँपालिका तथा नेपाली काँग्रेसले नवराजपुर गाउँपालिकामा विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।अर्नमा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका ठकु महतो कोइरीले दुई हजार ४३६ मत तथा उपाध्यक्षमा सोहि पार्टीका सियावतीदेवी मुखियाले दुई हजार २९९ मत प्राप्त गरी विजयी भएको जिल्ला मुख्य निर्वाचन अधिकृत अमृतबहादुर बस्नेतले जानकारी दिए ।त्यस्तै सिरहाको कर्जन्हा नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका क्रमशः गंगा पासवान र ज्ञानकुमारी श्रेष्ठ निर्वाचित भएका छन । पासवानले चार हजार ३०९ मत र श्रेष्ठले चार हजार ३१३ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत सुवर्णमान बनेपालीले जानकारी दिए ।

प्रकाशित मिति: २०७४,आश्विन,५,बिहीवार ०६:२३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशको सम्पूर्ण मन्त्रालयहरु एकै ठाउँमा राख्ने गरी मुख्य प्रशासनिक केन्द्रको रुपमा जनक

जनकपुरधाम । जानकी मन्दिर परिसरमा प्रचार-प्रसारका लागि राखिएका ठूला ब्यानर हटाइएको छ । यूवाहरूको एक समूहले मन्दिर परिसरबाट मुख्यमन्त्री सरोज

काठमाडौं । मधेश प्रदेशको मन्त्रिपरिषद् विस्तार हुन लागेको छ । आज (सोमबार) पाँचौ पटक मन्त्रिपरिषद विस्तार हुन लागेको हो ।

काठमाडौं । मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशमा पोषण सम्बन्धि समस्या समाधानको लागि संघीय र स्थानीय सरकारसँग सहकार्य गरेर अघि बढ्ने

ताजा समाचार

काठमाडौंमा ‘देउडा आइडल’ आयोजना हुँदै
 २०८०,आश्विन,१३,शनिवार १७:४५
राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता
 २०८०,आश्विन,१३,शनिवार १७:४०