काठमाडौं – नेपालमा आज थप २ जनाको कोरोनाको कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । मृतक २ जना थपिएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।
यसैबीच नेपालमा आज शनिवार एकैपटक थप २७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ५ हजार ३३५ पुगेको छ । जसमध्ये पुरुष संक्रमित ४ हजार ९४९ जना छन् भने महिला संक्रमित ३ सय ८६ जना छन् । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालमा आज एकैपटक २७३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । नेपालमा हिजो शुक्रवार ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनका अनुसार गत २४ घण्टा यता पुष्टि भएका कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकको निगरानीमा रहेका छन् ।
यसैबीच नेपालमा कोरोना भाइरसको संक्रमणपश्चात् निको भई घर फर्किनेको संख्या नेपालमा ९१३ पुगेको छ । यसरी संक्रमणमुक्त हुनेमध्ये ८२२ पुरुष र ९१ महिला महिला छन् ।
आज मात्रै नेपालमा ३६ जनाले कोरोना विरुद्धको लडाई जितेर घर फर्किएका छन् ।
यो संक्रमण नेपालका ७२ वटा जिल्लामा फैलिएको मन्त्रालयले जनाएको छ ।
मृतक कहाँका हुन् ?
नेपालमा कोरोना भाइरसको कारण थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको निजगढ नगरपालिका वडा नम्बर ६ योजना टोलका पाँच वर्षीय बालक र पर्साका अन्दाजी २५ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
प्रवक्ता डा. गौतमका अनुसार लामो समयदेखि ज्वरो र निमोनियाले ग्रसित बालकलाई स्थानीय क्लिनकमा औषधि उपचार गरिँदै आएको भए पनि उच्च ज्वरो आएपछि हिजो हेल्थ केयर अस्पताल पुर्याइएको थियो । उनको आरडिटी परीक्षणमा रिपोर्ट पोजेटिभ आएको र पछि पीसीआर परीक्षणमा पनि रिपोर्ट पोजेटिभ आएको थियो । ती ५ वर्षीय बालकको हिजो साँझ निधन भएको थियो ।
पर्साका अर्का पुरुष पर्साको वीरगञ्जस्थित घण्टाघरमा वेवारिसे अवस्थामा उनको शव फेला परेको थियो । उनको स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा कोरोना पुष्टि भएको गौतमले बताए ।
कोरोनाको कारण भारतसँग सीमा जोडिएको प्रदेश २ सबैभन्दा प्रभवित भएको छ । यहाँ सबैभन्दा धेरै संक्रमित छन् भने संक्रमित थपिने क्रम पनि जारी छ ।
यस्तो छ, प्रादेशीक विवरण : प्रदेश २ आक्रान्त !
प्रदेश २ का सबै ८ जिल्लामा फैलिएको संक्रमणका कारण कुल संक्रमितको संख्या १ हजार ९ सय ८७ जना पुगेको छ । संक्रमितमध्ये १ हजार ६ सय ४ जना आइसोलेसनमा छन् भने ३ सय ८० जना उपचारपछि डिस्चार्ज भएका छन्। ३ जनाको मृत्यु भएको छ। हाल १७ हजार २ सय ६१ जना क्वारेन्टाइनमा बसिरहेका छन्। उनीहरुमध्ये अधिकांश भारतबाट आएका छन् ।
कोरोना संक्रमितको हिसाबले दोस्रो सूचीमा प्रदेश नम्बर ५ छ। त्यहाँ १ हजार ५ सय २० जना संक्रमित छन्। यस प्रदेशमा पनि संक्रमित थपिएको थपियै छन् । २ सय ७१ जना उपचारपछि डिस्चार्ज भएका छन्। मृतकको संख्या ५ पुगेको छ। १ हजार २ सय ४४ जना आइसोलेसनमा र ३२ हजार ४ सय ४४ जना क्वारेन्टाइनमा रहेको छन् ।
तेस्रो नम्बरमा छ, कर्णाली प्रदेश । यस प्रदेशमा सबैभनदा अन्तिममा संक्रमण देखा परेको हो । यहाँ संक्रमितको संख्या ९ सय १२ पुगेको छ । ८ सय ८४ जना आइसोलेसनमा छन् भने २५ जना डिस्चार्ज भएका छन्। यहाँ कुल ३ जनाको मृत्यु भएको छ। २६ हजार ३ सय ६३ जनालाई मन्त्रालयले क्वारेन्टाइनमा राखीएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा हालसम्म ३ सय ६४ संक्रमित पुष्टि भएको छ । जसमध्ये १ सय ८२ जना आइसोलेसनमा र १ सय ६४ जना संक्रमणमुक्त भएका छन्। कोरोनाको कारण यस प्रदेशमा हालसम्म कसैको मृत्यु भएको छैन। ४ हजार २ सय ८९ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
गण्डकी र सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या बराबर छ । दुवै प्रदेशमा १ सय ९२ जना संक्रमित छन् र आइसोलेसनमा पनि समान १ सय ७७ जना छन्।
गण्डकी प्रदेशमा १४ जना संक्रमित उपचार पछि संक्रमणमुक्त भएका छन् । १ जनाको कृत्यु कोरोनाको कारण भएको पुष्टि भएको छ । ५ हजार ८ सय १६ जना क्वारेन्टाइनमा छन्।
सुदूरपश्चिम प्रदेशमा जम्मा १३ जना डिस्चार्ज भएका छन्। २ जनाको मृत्यु भएको छ । ६१ हजार ५ सय ७३ क्वारेन्टाइनमा छन् ।
र बाग्मती प्रदेशमा सबैभन्दा कम अर्थात् १ सय ८६ जना संक्रमित छन्। मृतकको संख्या ४ पुगेको छ। १ सय ३६ जना आइसोलेसनमा उपचाररत छन् भने ४६ जना संक्रमणमुक्त भएका छन्। यस प्रदेशका विभिन्न जिल्लामा कुल २ हजार ८ सय ५ जना क्वारेन्टाइनमा छन् ।
ग्राफमा हेर्नुहोस् :


स्रोत : स्वास्थ्य मन्त्रालय
कति भयो जाँच ?
नेपालमा गत २४ घण्टामा मात्रै ५ हजार ६ सय ६१ र हालसम्म १ लाख २७ हजार २ सय ८८ वटा पिसिआर विधीबाट जाँच गरिएको छ । आरडिटी विधिबाट हालसम्म १ लाख ९० हजार ५ सय ८२ छ भने गत २४ घण्टामा मात्रै २ हजार ५ सय ३० वटा जाँच गरिएको छ ।
कति छन् आईसोलेसनमा ?
हाल ४ हजार ४ सय ४ जना आईसोलेसनमा रहेका छन् । देशका विभिन्न स्थानमा भएका क्वारेन्टाईनमा १ लाख ५० हजार ५ सय ४९ जना बसिरहेका छन् ।
निको हुनेहरुको विवरण यस्तो छ
नेपालमा थप ३६ जनाले कोरोना संक्रमण जितेका छन् । योसँगै नेपालमा कोरोना संक्रमण जितेर घर फर्कनेको संख्या ९ सय १३ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमले आज नारायणी अस्पताल पर्साबाट ५ जना पुरुष डिस्चार्ज भएका छन् । उनका अनुसार सप्तरीमा १७ जना पुरुषले कोरोना संक्रमण जितेका छन् ।
त्यस्तै, बाँकेमा ८ जना पुरुषले कोरोना जितेका छन् । भरतपुर अस्पताल चितवनबाट पनि ३ जना पुरुष डिस्चार्ज भएका प्रवक्ता गौतमले जानकारी दिए ।
कुल डिस्चार्ज भएका ९ सय १३ जना मध्ये ८ सय २२ जना पुरुष र ९१ जना महिला रहेका छन् ।
कर्णालीमा पुगे ९१६ कोरोना संक्रमित, दैलेखमा मात्रै ५०२ जना
कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या ९ सय नाघेको छ ।
शनिवार सुर्खेतका ४० जना र दैलेखका ३० जना गरी जम्मा नयाँ संक्रमित ७० जना कोरोना संक्रमित थपिएका हुन् । योसंगै हालसम्म कर्णाली प्रदेशमा जम्मा कोरोना पुष्टि भएको संख्या ९ सय १६ पुगेको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ ।
शनिवार थपिएका ७० जनाको परिक्षण प्रदेश अस्पताल सुर्खेत तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको थियो ।
मन्त्रालयका अनुसार शनिवार नयाँ संक्रमण पुष्टि हुनेहरू सुर्खेतका ४० जना रहेका छन् । सुर्खेतको गुर्भाकोट नगरपालिकाका १२ जना, भेरीगंगा नगरपालिकाका १० जना, बराहताल गाउँपालिकाका ९ जना, चौकुने गाउँपालिकाका ८ जना र वीरेन्द्रनगर नगरपालिकाका १ जना रहेका छन् । भने दैलेखका ३० जना संक्रमित थपिएका छन् । दैलेखको आठबीस नगरपालिकाका २० जना, नौमुले गाउँपालिकाका ९ जना र डुङ्गेश्वर गाउँपालिकाका १ जना रहेका छन् ।
९१ जना निको भएर घर फर्किए
कर्णालीमा हालसम्म ९१ जनाले कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् । शनिवार दैलेख अस्पतालमा ५ जना र दुल्लु अस्पतालमा ४ जना गरी ९ जना निको भई डिस्चार्ज भएसंगै जम्मा डिस्चार्ज हुनेको संख्या ९१ पुगेको हो ।
कर्णाली प्रदेशमा हालसम्म कोभिड(१९ को संक्रमण पुष्टि भएका ३ जनाको ज्यान गइसकेको छ ।
दैलेखमा मात्रै ५ सय २ संक्रमित
कर्णालीमा हालसम्मको जम्मा ९१६ मध्ये दैलेखमा आधाभन्दा बढि संक्रमित देखिएका छन् । मन्त्रालयका अनुसार दैलेखमा ५०२ जना कोरोना संक्रमित रहेका छन् । सुर्खेतमा १९७ जना, सल्यानमा १३७ जना, कालिकोटमा २८ जना, जुम्लामा २४ जना, जाजरकोटमा ८ जना, मुगुमा २ जना, हुम्लामा १ जना, डोल्पामा १ जना र अन्य प्रदेशका बासिन्दाको संख्या १६ जना रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया