संसदमा किन बोलेनन् गगन ? फेसबुकबाट दिए यस्तो जवाफ

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले आजको संसद बैठकमा बोल्ने मौका नपाएपछि सामाजिक सञ्जाल मार्फत रोष व्यक्त गरेका छन् । संसद भवनबाट बाहिरीएपछि सामाजिक सञ्जाल फेसबुक मार्फत् उनले आफुले बोल्ने समय मागेको तर सभामुखले दलसँग नै समय माग्नु भनेकोले आफू नबोलेको प्रष्ट पारेका छन् ।

संसदको प्रत्यक्ष लाइभ हेरिरहेका आम जनताले सांसद थापाले किन नबोलेको भन्दै चासो जनाइरहेको बेला उनको जवाफ बाहिरिएको हो । उनले लेखेका छन्, “आज किन नबोलेको भनेर धेरै साथीले सोध्नुभएको छ। संविधान संशोधन जस्तो महत्त्वपूर्ण विषयको दफावार छलफलमा सभामुखले दललाई समय तोकेर दिने,दलले मान्छे तोकेर बोल्न दिने अनि बोल्न पाउँ भन्दा सभामुखले दल लाई भन्नुस भन्ने !! चलन यस्तै हो रे ”

उनले यस्तै प्रवृतीले सांसदको भूमिका खुम्चिएको तर्फ ईङ्गित गर्दै भनेका छन्, “यस्तै चलनले हो सांसदको भूमिका खुम्चिएको।”

उनको स्टाटसमा फेसबूक प्रयोगकर्ता जयस उपाध्याय लेख्छन्, “पाना हेरेर बोल्ने भन्दानी दिमाग चलायर बोल्ने नेताको खाँचो छ कांग्रेस र देशलाई , अरूबेला आफुलाई अफट्यारो मानी बोल्न छाडेका हरुलाई यो बेला सत्तापक्ष प्रर्तिपक्षको अभुतपूर्व एकता भयकाले बोल्न सहज ठाने होलान की ।गगनदाई बोले पनी नबोलेपनी बाघनै हो बाघको मुख खाए पनी रातै नखाए नी रातै भनेको यही हो । ”

गगनलाई सम्झाउँदै अर्को प्रयोगकर्ता गंगा थापा भिक्षु लेख्छिन्, म पनि हजुरको सम्बोधनको तिव्र प्रतीक्षामा थिए तर पर्खाइ अधुरो भयो दाजु। तर केही छैन देशको हिरो भनेर हजुरलाई चिनिसकेका छन जनताले।अवश्य पनि देश र हामी जनताको आश मार्नु हुनेछैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?