माया गर्ने जोडीहरू प्रति समर्पित गीत ‘हिमाल मुनी…’

काठमाडौं, ६ फागुन । जसरी कागती देखेर हाम्रो जिब्रो रसाउँछ त्यस्तै कन्दरा ब्याण्डको नाम सुनेपछि मनमा संगीत रसाउँछ । कन्दरा ब्याण्ड नेपालको निकै पुरानो साङ्गीतिक समूह हो । हामी सबैले सुनेर नथाक्ने चाहे लेककी हे माया होस् या हङ्गकङ्ग पोखरा जस्ता सदाबहार गीत कन्दराकै हुन् अहिले लामो समयपछि फेरी अर्को गीत लिएर आएको छ कन्दराले । लोकप्रिय गीत पस्किने सिलसिलामा गायक बिवेक श्रेष्ठको स्वर रहेको निकै नै रोमान्टिक गीत सार्वजनिक भएको छ । कन्दरा ब्याण्डकै संगीतकर्मी सुनिल थापाले उक्त गीतमा शब्द तथा सङ्गीत दिएका छन् । सङ्गीतकार तथा गायक अल्मोडा राना उप्रेती उक्त गीतका सङ्गीत संयोजक हुन् लामो समयदेखि सङ्गीत सिर्जनामा सक्रिय कन्दरा ब्याण्डले आफ्नो पछिल्लो एल्बम ‘भेडी गोठैमा’ मा समावेश गरिएको ‘हिमाल मुनी…’ शीर्षकको गीतको म्युजिक भिडियो सार्वजनिक गरेको हो । भ्यालेन्टाइन डेको अवसर पारेर सार्वजनिक गरिएको उक्त भिडियो माया गर्ने जोडीहरूलाई समर्पित गरिएको बताइएको छ हिमाली क्षेत्रका आकर्षक लोकेशनमा छायाङ्कन गरिएको उक्त म्युजिक भिडियोको निर्देशन जीवन रसाइलीले गरेका छन् । निर्देशक रसाइलीले नै यो भिडियोको छायाङ्कन तथा सम्पादन गरेका हुन् । छायाङ्कनमा उनलाई पुष्कर थापा तथा सुरज श्रेष्ठले सहयोग गरेका छन् । भिडियोले कन्दराले आफ्नै अफिसियल यूट्युब च्यानलबाट सार्वजनिक गरेको हो https://youtu.be/B_c5IlEZco4 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?