काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङदेनले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
अध्यक्ष दाहालले राजतन्त्रमा गुमेको भूमि गणतन्त्रमा फिर्ता ल्याउँदैछौ भन्ने अभिव्यक्ति प्रति उनले आपत्ति जनाएका हुन् । उनले भने, ‘‘जसले यो देश निर्माण ग¥यो । जुन संस्थाले नेपाली राष्ट्र, नाम र पहिचान हामीलाई दियो । त्यो संस्थाले भूगोल बेच्यो, गुमायो र त्यो हामीले फिर्ता गर्दै छौँ भनेर धक लगाउने दिन होइन त्यसमा मेरो असहमति छ ।’’
संविधानका विभिन्न कुराहरुमा आफ्नो पार्टीको असहमति रहेपनि राष्ट्रियताको पक्षमा सधै रहेको बताए । निशान छाप परिवर्तका लागि मात्रै सरकारसँग नभएर भूमि फिर्ता नहुँदासम्म सरकारलाई आफ्नो पार्टीले सहयोग गर्ने उनले बताए ।
उनले भने, ‘‘दुनियाँलाई थाहा छ यो संविधानमा राप्रपाको सबैभन्दा ठूलो असहमति छ । तर अहिले पेश गरेको प्रस्ताव कुनै दल विशेषको प्रस्ताव नभइ हामी सबैको साझा र मुलुकको सार्वभौमिकता, अखण्डता र राष्ट्रियता सँग सम्बन्धित विषय हो । सबैभन्दा माथि देश छ । देशभन्दा माथि अरु केही छैन् । आज यो राष्ट्रियतासँग सम्बन्धित विषयमा राप्रपाको कुनै शर्त छैन् निशर्त समर्थन छ ।’’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया