हेर्नुहोस् २०७७ साल जेठ ३२ गतेको राशिफल

काठमाडौं । वि.सं. २०७७ जेठ ३२ गते । आईतवार । इ.स.२०२० जुन १४ तारिक । शकसंवत् १९४१ । प्रमादी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । ने.सं. ११४० बछलागा । आषाढ कृष्णपक्ष । तिथी– नवमी,२७ बजेर ३६ मिनेट उप्रान्त दशमी ।

नक्षत्र– उत्तराभाद्रपदा,२५ बजेर १४ मिनेट उप्रान्त रेवती । योग आयुष्मान,१३ बजेर २२ मिनेट उप्रान्त सौभाग्य । करण–तैतिल,१४ बजेर ३७ मिनेट उप्रान्त गर,२७ बजेर ३६ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–स्थिर योग ।

चन्द्रराशि–मीन । काठमाडौंमा सूर्योदय ६ बजेर ०९ मिनेटमा, सूर्यास्त १८ बजेर ५८ मिनेटमा । दिनमान ३४ घडी ३३ पला । विश्व रत्तदाता दिवस । पञ्चक ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

काम वा अध्ययनको शिलशीलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।

खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । आकस्मिक खर्च हुनाले दैनिकी प्रभावित हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्यम रहेको छ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

आम्दानीका विभिन्न स्रोतहरु फेला पार्न सकिनेछ । सानो पुँजीबाट व्यापार शुरु गरी मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुले नयाँ ठाउँको भ्रमण गरी दिनलाई फलदायी बनाउनेछन् ।

अध्ययनमा थोरै मिहेनतले राम्रो सफलता हात पार्न सकिनेछ । अग्रहरुको धन तथा सम्पत्तीको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

विवादित विषयहरु हल भएर जाने तथा पुराना समस्याअरु केही भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ ।

समाजिक काम गर्ने वातावरण बन्ने तथा मान सम्मान,ईज्जत प्रतिष्ठामा वृद्धी भएर जानेछ । अध्ययन अध्यापनमा मन जानेछ भने माया प्रेममा प्रिय पात्रसँग नजिक हुने समय रहेको छ ।

तर पनि समय प्रतिकुल रहेकोले सरसफाईमा ध्यान दिनुहोला । अत्यावश्यक काममा बाहेक यात्रा नगर्नुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

भाग्य तथा धर्म भावमा गोचर गर्ने चन्द्रमाले सानो प्रयत्नले राम्रा तथा उपलब्धी मुलक कामहरु गर्न सकिनेछ ।

पढाई लेखाईको लागि समय उत्तम रहेकोछ भने खोज तथा अनुसन्धानको क्षेत्रबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ ।

प्रेम सम्वन्ध सकारात्मक बाटोमा बढ्नेछ । व्यापार व्यावसायमा मन्दि आउने तथा घाटा लाग्नेछ । तर पनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

आफन्त तथा दिदि बहिनीसँग मनमुटाव सिर्जना हुने योग रहेको छ । समय तथा परिस्थिती अनुसार नचल्नाले दुख पाईनेछ ।

व्यापार व्यवसायमा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ ।

सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ । सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

पढाई लेखाईमा प्रतिस्पर्धीहरु आफैँ किनारा लाग्नेछन् । माया प्रेमको डोरो कसिलो भएर जानेछ । औषधिजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।

सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

प्रविधिको प्रयोग गरि बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ ।

पुराना ऋण,रोग तथा शत्रुबाट छुट्करा पाईने हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा मावलि पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेकोछ । तर पनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

वौद्धिकताको प्रयोग गरी आफ्नो क्षमतालाई निखार्ने अवसर प्राप्त हुनेछ । आफन्त तथा सन्तानबाट तपाईले शुरु गरेको काममा सहयोग तथा समर्थन पाईनेछ ।

राम्रा तथा सुखद समाचार सुन्न पाउँदा मन प्रशन्न हुनेछ । तर पनि समय प्रतिकुल रहेकोले सरसफाईमा ध्यान दिनुहोला । अत्यावश्यक काममा बाहेक यात्रा नगर्नुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

राजनीतिकर्मि तथा समाजसेवीहरुका लागि समय सध्यम रहेकोले जनताको समर्थन पाईने छैन । घर जग्गा तथा सवारी साधन सम्वन्धि लफडा पर्न सक्छ ।

आफन्त तथा आमासँग मनमुटाव बढ्ने वा घरबाट टाडा जानु पर्ने हुन सक्छ । पढाई लेखाईमा भनेजस्तो सुधार हुने छैन । प्रेममा मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला समय मध्यम रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

अध्ययनमा मन जानेछ भने नतिजा आफैँतिर ल्याउन सकिनेछ । दाजुभाई तथा छिमेकीको साथ पाईनेछ । लेखन तथा साहित्यमा रुची बड्नेछ ।

सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । तरपनि समय प्रतिकुल रहेकोले सरसफाईमा ध्यान दिनुहोला । अत्यावश्यक काममा बाहेक यात्रा नगर्नुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

अध्ययन अध्यापनमा सुधार भएर जानेछ भने वौद्धिक क्षेत्र फराकिलो भएर जानेछ । आफन्त तथा साथीभाईबाट सनिने सुखद समाचारले उत्साहित होईनेछ । प्रेमिल जोडी हरुका लागि समय उत्तम रहेकोछ ।

बोलिको प्रभाव बढ्नाले थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ । तर पनि व्यापारमा मन्दि आउनेछ । बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

प्रविधिको प्रयोग गरि नयाँ तथा रचानात्मक काम गर्न सकिनेछ । सामाजिक काममा होमिने हरुका लागी समयले साथ दिनेछ ।

अध्ययनमा सफलता प्राप्त हुनेछ भने उत्कृष्ट नतिजाले परिवारका सदस्य तथा गुरुहरु खुशी हुनेछन् ।

प्रमेमा रमाउन चाहनेहरुका लागी समय उत्कृष्ट रहेको छ । तर पनि समय प्रतिकुल रहेकोले सरसफाईमा ध्यान दिनुहोला । अत्यावश्यक काममा बाहेक यात्रा नगर्नुहोला ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?