काठमाडौं – केही दिनअघि नेपाल अरु कसैको उक्साहटमा बोलेको प्रतिक्रिया दिएका भारतीय सेनाप्रमुख मनोज मुकुन्द (एमएम ) नरभानेले बोली फेरेका छन् ।
नेपालको संसदमा आज नै लिपुलेक, लिम्पियाधुरा र कालापानी सहितको नक्सालाई औपचारिकता दिन संविधान संशोधन गरिँदैछ ।
यसको केहि मिनेटअघि उनको यस्तो धारणा बाहिर आएको हो ।
नेपाल सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानी सहितको नक्सा जारी गर्दा भारतीय सेना प्रमुखले नेपाललाई चीनबाट निर्देशित भएको आरोप लगाएका उनले नेपालको संसदमा नयाँ नक्सासहितको राष्ट्रिय चिन्ह जारी गर्नुअघि यस्तो बताउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
उनले नेपाल र भारतको सम्बन्ध भविष्यमा पनि बलियो रहने उनको प्रतिक्रिया दिएका छन् ।
उनले भनेका छन्, ‘नेपालसँग हाम्रो बलियो सम्बन्ध छ, हामीसँग भौगोलिक, सांस्कृतिक, ऐतिहासिक, धार्मिक सम्बन्ध छन् । हामीसँग जनता- जनताबीच पनि बलियो सम्बन्ध छ । उनीहरुसँग हाम्रो सम्बन्ध सधैँ बलियो हुनेछ र भविष्यमा पनि सधैँ रहिरहनेछ ।’
(यस समाचारको बारे अझै वृस्तित जान्न मन लागेमा माथि समाचारमा दिईएका फरक लिंकब्याकमा क्लिक गरि हेर्न सक्नुहुन्छ ।)
यसअघि के भनेका थिए ? हेर्नुहोस् पूर्वप्रकाशित समाचार :
‘लिपुलेकमा खनिएको बाटोबारे विवाद छैन, नेपाललाई अरु कसैले उचाल्यो’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया