ला लिगा : बार्सिलोना र मालोर्का भिड्दै

काठमाडौं । कोरोना भाईरसको भयावहका कारण रोकिएको स्पेनिस ला लिगा फुटबलमा आज (शनिबार) चार खेल हुँदैछ । जस अन्तर्गत ला लिगामा शनिबार बार्सिलोना, स्पानियोल, भिया रियल लगायतका क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

बार्सिलोनाले लिग सुचारुपछिको पहिलो खेलमा मालोर्कासँग खेल्दैछ । मालोर्काको मैदानमा हुने खेल नेपाली समय अनुसार राति १:४५ बजे शुरु हुनेछ । रेलिगेसन क्षेत्रको मालोर्काविरुद्ध बार्सिलोना सहज जितको लक्ष्यसहित मैदान उत्रने छ ।

लिगमा ५८ अंक जोडेको बार्सिलोना रियल भन्दा २ अंकले अघि रहेको छ । रियलको ५६ अंक रहेको छ । मालोर्का २५ अंक जोडेर पुछारबाट तेस्रो स्थानमा रहेको छ । ला लिगा अन्तर्गत नै स्पानियोलले घरेलु मैदानमा डिपोर्टिभो अल्भेससँग खेल्नेछ ।

त्यस्तै सेल्टा भिगोले भिया रियल तथा लेगानेसले रियल भालाडोलिटसँग खेल्नेछ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?