काठमाडौं । युभेन्ट्स कोपा ईटालिया फुटबलको फाईनलमा प्रवेश गरेको छ । अवे गोलका आधारमा एसी मिलानलाई हराउँदै युभेन्ट्स कोपा ईटालियाको फाईनल प्रवेश गरेको हो ।
टूरिनमा भएको दोस्रो लेगको खेल गोल रहित बराबरीमा सकिएपछि अवे गोलका आधारमा युभेन्ट्स अघि बढ्यो ।
१३ पटकको च्याम्पियन युभेन्ट्सले बन्द रंगशालामा भएको सेमिफाईनलको दोस्रो लेगमा कुनै गोल गर्न सकेन । क्रिस्टियानो रोनाल्डो पेनाल्टीमा चुक्दा युभेन्ट्सले सुरुवातमै अग्रता लिने अवसर गुमाएको थियो ।
आन्टी रिबिकको ह्यान्ड बलमा युभेन्ट्सले खेलमा पेनाल्टीको अवसर पाएको थियो । १६ औ मिनेटमा क्रोएसियाका फरवार्ड रिबिकले पुन युभेन्ट्सका ड्यानिलोलाई फल गरेपछि रातो कार्ड खादै मैदान छाडेका थिए ।
युभेन्ट्सका प्रशिक्षक सर्रीले बुधबार रोममा हुने फाईनलमा ईन्टर मिलान वा नापोलीसंग प्रतिस्पर्धा गर्नेछन् । पहिलो खेलको खेलमा नापोलीले १–० को अग्रता लिएको छ । शनिबार दोस्रो लेगको खेल हुदैछ ।
सिरि ए फुटबलमा एसी मिलान शीर्ष स्थानको युभेन्ट्स भन्दा २७ अंकले पछाडी रहको छ ।
कोरोना भाईरसका कारण ईटालीको फुटबल मार्च ९ बाट स्थगित अवस्थामा छ । तर अबरुद्ध सिजन जुन २० बाट सुरु हुने तयारीमा छ ।
युभेन्ट्सले दोस्रो स्थानको लाजियोसंग १ अंकको अग्रता लिएको छ ।
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया