सांसदहरुलाई संविधान संशोधनको पक्षमा मतदान गर्न समाजवादी पार्टीको ह्विप

काठमाडौं । समाजवादी पार्टी नेपालले संविधान संशोधनका पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्विप जारी गरेका छन् ।

डा बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वमा रहेको समाजवादी पार्टीले नयाँ नक्सालाई नेपालको निशान छापमा समेट्ने संविधान संशोधनको पक्षमा मत दिन सांसदहरूलाई ह्विप जारी हुन् ।

साथै आफ्नो पार्टीले संविधान संशोधनको पक्षमा मत दिने निर्णय गरेको एक सांसदले लोकपथालाई जानकारी दिए ।

नेपालको अतिक्रमित भूमि (कालापानी, लिपुलेक र लिम्पियाधुरा) समेटिएको नयाँ नक्सा जारी भएसँगै सोही नक्सा निशान छापमा राख्न संविधान संशोधन प्रक्रिया अगाडि बढाएको थियो ।

पार्टी नेतृत्वले गरेको ह्विप जारीको विपक्षमा जाने सांसदहरुलाई राजनीतिक दलसम्बन्धी कानुनमा टेकेर कारबाही गर्न सकिने व्यवस्था रहेको जनाइएको छ ।

तर समाजवादी पार्टीकै सांसद सरिता गिरीले सरकारले ल्याएको संविधान संशोधनको विपक्षमा रहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?