१० अर्ब खर्चको विवरण सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (फोटोफिचर)

काठमाडौं । कोरोना रोकथामका लागि सरकारले गरेको खर्चको विवरण सार्वजनिक गर्न माग गर्दै शनिबार पनि माइतीघरमा प्रदर्शन भएको छ ।

कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले १० अर्ब खर्च गरेको भनेपनि त्यसको विवरण पारदर्शी नभएको भन्दै प्रदर्शन गरिएको हो । नेपालको अद्यावधिक नक्सा सहित प्रदर्शनकारीहरु सडकमा उत्रिएका थिए ।

सरकारले खर्चको गरेको १० अर्बको हिसाव सार्वजनिक गर्नुपर्ने, सतप्रतिशत पीसीआर परीक्षण गर्नुपर्ने, क्वारेन्टिइनहरुको व्यवस्थापन विश्व संगठनको मापदण्ड अनुसार हुनुपर्ने माग राख्दै प्रदर्शन गरिएको हो । प्रदर्शन स्थल ठूलो संख्यामा प्रहरी परिचालन भएको थियो । प्रहरीले भद्रकाली, थापाथली र बबरमहल क्षेत्रबाट माइतीघर प्रवेश गर्न कडाई गरेको थियो । शनिबारको प्रदर्शन शान्तिपूर्ण थियो ।

विहान १० बजेटबाट १२ बजेटसम्म प्रदर्शन गर्ने पूर्वनिर्धारित कार्यक्रम भएपनि प्रहरीको आग्रहमा आधाघण्टा अगाडी नै प्रदर्शन सकिएको थियो । प्रदर्शनकारीहरुले प्रहरीलाई फूल समेत दिएका थिए । यसअघिका प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्ने गरेको भएपनि शनिबारको प्रदर्शन शान्तिपूर्ण रह्यो । प्रदर्शनकारीहरुले समेत प्रहरीको आग्रह अनुसार आधा घण्टा अगाडी नै पूर्वनिर्धारित कार्यक्रम सम्पन्न गरेका थिए ।

तस्वीरहरु : 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?