प्रचण्ड माओवादी केन्द्र संसदीय दलको नेतामा चयन

काठमाडौं, ६ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संसदीय दलको नेतामा चयन भएका छन् आइतबार बसेको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले प्रचण्डलाई दलको नेता चयन गरेको हो । सो अवसरमा उनले समानुपातिकतर्फबाट निर्वाचित सांसदलाई प्रमाणपत्र समेत वितरण गरेका थिए बैठकमा प्रचण्डले एमालेसँगको एकताका विषयमा भएको प्रगतिबारे जानकारी समेत गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?