२०७४, ६ फाल्गुन आईतवार १०:३४

लागुऔषधसहित तीन जना पक्राउ


प्रकाशित मिति : २०७४, ६ फाल्गुन आईतवार १०:३४

राजविराज, ६ फागुन – ठूलो परिमाणको लागुऔषधसहित सप्तरी छिन्नमस्ता गाउँपालिका–२ बाट आज तीन जनालाई पक्राउ गरेको छ पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका–३ का २८ वर्षीय सोनु राय, राजविराज नगरपालिका–८ का २५ वर्षीय सुरज यादव र उदयपुर कटारी नगरपालिका–४ का ३२ वर्षीय कृष्ण सुनुवार रहेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए उनीहरुका साथबाट स्पासमा पाइभन २४०, नाइट्रोशन–टेन १४०, नाट्रभल–टेन १०२ थान ट्याबलेट तथा फेनारगन १९, लुपिजेसिक र डाइजाल्याब २०/२० थान एम्पुल तथा गाँजा २५ ग्राम बरामद गरेको उहाँले जानकारी दिए इलाका प्रहरी कार्यालय छिन्नमस्ताबाट खटिएको प्रहरी टोलीले जाँचका क्रममा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका तीनै जनामाथि लागुऔषध ऐनअनुसार मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस