हेर्नुहोस् २०७७ साल जेठ ३१ गतेको राशिफल

काठमाडौं । वि.सं. २०७७ जेठ ३१ गते । शनिवार । इ।स।२०२० जुन १३ तारिक । शकसंवत् १९४१ । प्रमादी संवत्सर । उत्तरायण। ग्रीष्म ऋतु । ने.सं. ११४० बछलागा । आषाढ कृष्णपक्ष । तिथी– अष्टमी,२५ बजेर ४१ मिनेट उप्रान्त नवमी ।

नक्षत्र– पूर्वाभाद्रपदा,२२ बजेर ४४ मिनेट उप्रान्त उत्तराभाद्रपदा । योग प्रिती,१२ बजेर ५३ मिनेट उप्रान्त आयुष्मान । करण– बालव,१२ बजेर ५० मिनेट उप्रान्त कौलव,२५ बजेर ४१ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–काल योग ।

चन्द्रराशि–कुम्भ,१६ बजेर ०९ मिनेट उप्रान्त मीन । काठमाडौंमा सूर्योदय ६ बजेर ०९ मिनेटमा, सूर्यास्त १८ बजेर ५८ मिनेटमा । दिनमान ३४ घडी ३२ पला । पञ्चक। अष्टमी व्रत। गोरखकाली पूजा। देउपाटनमा त्रिशूलयात्रा। भलभल–अष्टमी।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

विभिन्न अवसरले पछ्याउँने तथा रोजगारि पाउने समय रहेको छ । भौतिक तथा भोगविलासका सामानहरु प्राप्त हुनेछन् ।

दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्धले आगामी दिनहरुमा विवाहरुपी निकास पाउने योग रहेको छ ।

अध्यनमा प्रगती हुनेछ भने विद्यार्थि वर्गका लागि आजको दिन फलदायी रहनेछ । साँझपख समय मध्यम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

राजनीति तथा समाजसेवामा जनताको समर्थनले राम्रा काम गर्न सकिनेछ । व्यापारमा लगानी वढाई प्रशस्त आम्दानी गर्न सकिनेछ ।

कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकी करण गरी लाभ लिन सकिनेछ । माया प्रेमको गाँठो कसिलो भएर जानेछ ।

पढाई लेखाईमा सहपाठी हरुलाई पछि पार्दै नतिजा आफैँतिर ल्याउन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

नाँफामुखी व्यापार भन्दा सेवामुखी व्यापार व्यवसाय फस्टाएर जानेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा सकारात्मक उपलब्धी हासिल हुनेछ ।

पढाई लेखाईकै शिलशीलामा लामो तथा छोटो दुरीको यात्रा हुनेछ । स्वास्थ्य सवल हुनाले पुरुषार्थी काम गरी आम्दानी बढाउन सकिनेछ ।

माया प्रेमको डोरो कसिलो भएर जाने तथा पति पत्नीबीच अझ विश्वास बढेर जानेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

अल्छी गर्ने बानिले विभिन्न अवसरहरु फुत्कनेछन् । पढाई लेखाईमा मन नजादा अरुभन्दा पछि परिनेछ ।

स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धी तत्काल हात नलाग्न सक्छ । भौतिक सम्पत्ती तथा सवारीको प्रयोग गर्दा ध्यान दिनुहोला ।

साँझबाट समय राम्रो रहेकोले धार्मिक तथा अध्ययनको शिलशीलामा यात्रा हुनेछ । प्रेममा सफलता हात लाग्नेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

विभिन्न भौतिक तथा विलाशी सामानको प्रयोग गर्न पाईनेछ । व्यापारमा स्रोत साधन जुट्नाले न्युन आम्दानी हुनेछ ।

पढाई लेखाई तथा खोजीमुलक क्षेत्रबाट नाम कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

साँझपख समय मध्यम रहेकोले साधन स्रोतको प्रयोग गर्दा ध्यान दिनुहोला । रोग तथा संकटको सामना गर्नु पर्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

प्रियजन भेट हुनुको साथै आधित्यपूर्ण सम्मान पाईनेछ । पढ्ने लेख्ने काममा सफलता हात पार्न सकिनेछ भने अध्ययनकै लागि देश विदेशको यात्राको तय गर्न सकिनेछ ।

वादविवाद तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । नोकरीमा पदोन्नती तथा सुगम स्थानमा स्थानान्तरणको गतिलो योग रहेको छ । खर्च बढे पनि उपलब्धी मुलक कामहरु हुनेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

वौद्धिकताको प्रयोग गरी आफ्नो क्षमतालाई निखार्ने अवसर प्राप्त हुनेछ । मन परेको मानिसबाट छोटो दुरिको यात्राको अफर आउने तथा उपाहार प्राप्त हुने योग रहेको छ ।

आफन्त तथा सन्तानबाट तपाईले शुरु गरेको काममा सहयोग तथा समर्थन पाईनेछ । राम्रा तथा सुखद समाचार सुन्न पाउदा मन प्रशन्न हुनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

कार्य सम्पादन गर्ने सवासलमा आफ्नै भन्नेहरुले बाधा तथा अवरोध गर्नेछन् । काममा खुट्टा तान्नेहरु सक्रिय हुनेछन् ।

आफन्त तथा आमासँग टाडिने योग रहेको छ । तर पनी कृषि,पशुपालन तथा पुर्ख्यौली पेशाबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

नचाहाँदा नचाहाँदै पुराना सम्झौताहरु भंग गर्नुपर्दा मन खिन्न हुनेछ । बेलुकीको समय राम्रो रहेकोले पढाई लेखाईमा मन जाने तथा चाहेको नतिजा हात पार्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायमा लगानी गरी आम्दानी बढाउन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

व्यापार व्यवसायमा थोरै समय दिएपनि मनग्गे आम्दानी गर्न सकिनेछ । विवादित विषयहरु हल भएर जानेछन् भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछ ।

अध्ययन अध्यापनमा मन जाने हुनाले अरुभन्दा उत्कृष्ट नतिजा हासिल गर्न सकिनेछ ।

मन परेको मानिससँग छोटो तथा रमाईलो यात्रा तय गर्न सकिने तथा स्वादिष्ट भोजनमा रमाउन सकिनेछ । साँझपख यात्रा गर्दा ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

रमाईलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा मिठो साथीभाईका साथमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

रमाईलो गर्दा गर्दै पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिन सकिन्छ ध्यान दिनुहोला ।

बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् । व्यापार व्यवसायमा समय दिन सके मनग्गे आम्दानी हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

नयाँ कामको अवसर आउने तथा गरीरहेको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । टाडिएका मित्र तथा आफन्तसँगको भेटले मन प्रशन्न हुनेछ ।

पुराना कमिकमजोरीहरुलाई सच्याउँदै रचनात्मक काम गर्न सकिनेछ । विलाशी वस्तुको प्रयोग मार्फत अरुको ध्यान आकर्षित गर्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

पढाई लेखाईमा मन नजाँदा भनेजस्तो नतिजा हात पर्न सकिने छैन । काम गर्दा वा सवारी चलाउँदा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ ।

स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेको छ । व्यापार व्यवसायमा बढीनै समय दिएमात्र नतिजा हात पार्न सकिनेछ ।

काम वा अध्ययनको शिलशीलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?