काठमाडौं । सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडकखण्डको सिद्धबाबामा कार दुर्घटना भएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तिनाउ गाउँपालिका वडा नम्बर ३ मा आज दिउँसो लु १ ज ४०९३ नम्बरको कार अनियन्त्रीत भई सडकबाट २०० मिटर तल तिनाउ नदीमा खसेको हो ।
दुर्घटनामा चालक गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ । अहिले उपचारको लागी बुटवलको लुम्बिनी प्रदेशिक अस्पतालमा ल्याएको प्रहरीले जनाएको छ ।
घाईतेको नाम ठेगाना खुुल्न अझै नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया