सुर्खेत । कर्णाली प्रदेशमा थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रवार प्रदेश अस्पताल सुर्खेतमा गरिएको परिक्षणमा कर्णालीका सुर्खेत र दैलेखका थप ८३ जनालाई कोरोना संक्रमण देखिएको हो ।
शुक्रबारसम्म कर्णालीमा जम्मा ७ सय ६३ जना कोरोना संक्रमित थिए । योसंगै कर्णालीमा कोरोना संक्रमितको संख्या ८ सय ४६ पुगेको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ ।
शुक्रबार (आज) संक्रमण पुष्टि हुनेहरूमा दैलेखका ३८ जना र सुर्खेतका ४५ जना रहेका छन् ।
हालसम्म कर्णालीमा कोरोनालाई जितेर ८२ जना घर फर्किसकेका छन् । शुक्रबार दैलेखका २२ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । यसअघि सुर्खेत, दुल्लु र जुम्लाबाट ६० जना कोरोनाबाट निको भएर डिस्चार्ज भएका थिए । अहिलेसम्म कर्णालीमा कोरोना संक्रमित ३ जनाको ज्यान गइसकेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया