अवकाशभन्दा समायोजनमै रुचि : १९ सयले मात्र दिए निवेदन

काठमाडौं, ६ फागुन- सरकारले संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएर जान नचाहने निजामती कर्मचारीलाई लक्ष्य गरी स्वैच्छिक अवकाश प्याकेज (भीआरएस) ल्याए पनि आमकर्मचारीले त्यसप्रति अरुचि देखाएका छन्सरकारले स्वैच्छिक अवकाश प्याकेज कार्यक्रम ल्याएको ३६ औं दिन (शुक्रबारसम्म) अवकाशमा सहभागी हुन देशभर निवेदन दिने कर्मचारीको जम्मा संख्या १ हजार ९ सय पुगेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। प्याकेजमा सहभागी हुनेहरूका लागि निवेदन दिन अब एक साता मात्र बाँकी छ। सामान्य प्रशासन मन्त्रालयले ४५ दिनको म्याद दिएर २८ पुसमा स्वैच्छिक अवकाशका लागि देशभरका कर्मचारीसँग निवेदन आह्वान गरेको थियोनिवेदन दिने अन्तिम समय १३ फागुनसम्म छ। कर्मचारीको यस्तो अरुचिस“गै आमकर्मचारी संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन तयार देखिएका छन्। अहिलेको निवेदनको क्रम हेर्दा स्वैच्छिक अवकाशमा जानेको संख्या ५ हजारभन्दा नबढ्ने सामान्य प्रशासन मन्त्रालयको स्वैच्छिक अवकाश इकाइ शाखाले जनाएको छ, अन्नपूर्ण पोस्टमा खबर छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?