काठमाडौं । दक्षिण तथा मध्य चीनमा बाढीका कारण एक दर्जन भन्दा धेरै मानिसहरुको मृत्यु भईसकेको छ भने हजारौँ मानिसहरु घरवारबिहिन भएका छन् ।
देशको आपतकालीन प्रबन्धन मन्त्रालयले देशमा लगभग २ लाख २८ हजार मानिसहरुलाई सुरक्षित स्थानमा लगेको बताएको छ । साथै बाढीले १३ सय भन्दा धेरै घरमा नोक्शान पुर्याएको छ ।
ग्वांग्शीको दक्षिणी क्षेत्रमा बाढीका कारण सबैभन्दा धेरै नोक्शान भएको छ । त्यहाँ ६ जनाको मृत्यु भईसकेको छ भने केहि मानिसहरु बेपत्ता भएका छन् ।

हुनान प्रान्तको उत्तरमा सात जना हराएको बताइएको छ । गुआंगशी शहरको केहि भागमा बाढीका कारण डुबानमा परेको छ ।
रिपोर्टका अनुसार, लगातार परेको भीषण वर्षाका कारण लिजिआंग नदीमा अत्याधिक जलको वहाब बढेको छ ।
त्यहाँ १४६. ४९ मीटर (१६० गज) सम्म जलको बहाव रहेको छ ।
अधिकारीहरुका अनुसार आँधी तुफान पछि भीषण वर्षका कारण आठ क्षेत्रका ११० नदीहरुमा बाढी आएको छ ।
चीनमा सबैभन्दा भीषण बाढी सन् १९९८ मा आएको थियो । त्यो बेला २ हजार भन्दा धेरै मानिसहरुको मृत्यु भएको थियो भने तीन मिलियन भन्दा धेरै घर नष्ट भएका थिए ।
एजेन्सीको सहयोगमा
https://twitter.com/i/status/1271029512189419523
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया