मन्त्री आए, कर्मचारी आएनन्

धनगढी, ६ फागुन — प्रदेश ७ का सातवटै मन्त्रालयमा मन्त्री नियुक्त भइसके पनि कर्मचारी नआउँदा काम अघि बढ्न सकेको छैन । प्रदेश प्रमुखको नियुक्तिलगत्तै केन्द्रले प्रदेश मन्त्रालयमा कर्मचारी तोके पनि उनीहरूले आउन ढिलाइ गरेका हुन् । यो प्रदेशमा केन्द्रले २ सय ५० जना कर्मचारी तोकेकामा मन्त्रिपरिषद् गठन र विस्तार भइसक्दा ४० जनाजति पनि कार्यक्षेत्र पुगेका छैनन् भौतिक पूर्वाधार मन्त्रालयमा अहिलेसम्म खटाइएकामध्ये एकजना पनि कर्मचारी छैनन् । प्रदेशको प्रमुख विकासे मन्त्रालयमै कर्मचारी आउन नमानिरहेको स्थितिमा अरू मन्त्रालयमा तत्काल आइहाल्ने सम्भावना नदेखिएको मुख्यमन्त्री कार्यालयका एक कर्मचारीले बताए, कान्तिपुरमा खबर छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?