११ चैत्र २०७९, शनिवार

सुनिल खड्काले सोलुखुम्बुबाट चुनाव लड्ने

२०७४,आश्विन,५,बिहीवार ०४:२४

0
Shares

काठमाण्डौं, ५ असोज ।नयाँ शक्ति नेपालका युवा नेता सुनिल खड्काले आगामी प्रतिनीधि सभा निर्वाचनमा सोलुखुम्बु जिल्लाबाट उमेदवारी दिने घोषणा गरेका छन । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता खड्ुकाले आफ्नो गृह जिल्लाबाट उमेदवारी दिने घोषणा गरेका हुन ।फेसबुकमा खड्काले लेखेका छन आगामी प्रतिनीधि सभा सदस्यका लागी उमेदवारी दिने तयारी गर्दैछु । देश विदेशमा भएका सबै साथिहरुको साथ सहयोगको अपेक्षा गरे प्रतिनीधि सभा निर्वाचनका लागि एक मात्र निर्वाचन क्षेत्र भएको सोलुखुम्बुबाट खड्काले उमेदवारी दिने घोषणा गरेका हुन ।यसअघि २०७० सालमा भएको संविधान सभाको दोश्रो निर्वाचनमा सोलुखुम्बुबाट काँग्रेस केन्द्रीय सदस्य बलबहादुर केसी विजय भएका थिए । तर पछिल्लो समय सोलुखुम्बुमा काँग्रेस कमजोर बन्दै गएको स्थानीय तहको निर्वाचन परिणामले देखाएको छ ।थाईल्याण्डमा व्यवसाय गरेर बस्ने खड्का नेपाल फर्किएर पछिल्ला दुवै बर्ष राजनीतिमा निकै सक्रिय छन । उनी नयाँ शक्ति नेपालको केन्द्रीय सचिवालय सदस्य समेत हुन ।

प्रकाशित मिति: २०७४,आश्विन,५,बिहीवार ०४:२४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं काठमाडौं–५ का प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले देश बनाउने जिम्मेवारी युवाको भएको बताएका छन्

काठमाडौं । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले लामो सङ्घर्षपछि राज्य व्यवस्था फेरिए पनि राजनीतिक र प्रशासनिक नेतृत्वमा पुरानै प्रवृत्ति हाबी

काठमाडाैं । नेपाली कांग्रेसले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको राजीनामा माग गरेको छ । कांग्रेसको गण्डकी प्रदेश संसदीय दलका नेता

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक शुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक शुरु भएको हो ।

ताजा समाचार

थ्री नेसन्स कप : भुटान र लोआस भिड्दै
 २०७९,चैत्र,११,शनिवार १८:०३
नियन्त्रित लागूऔषधसहित २ जना पक्राउ
 २०७९,चैत्र,११,शनिवार १७:११