औँशी तिथिका दिन के-के गर्नु हुँदैन ?

काठमाडौं । दुई पक्ष हुन्छन् । कृष्ण पक्ष र शुक्ल पक्ष । जब शुक्ल पक्षको पूर्णिमा आउछ त्यसपछि कृष्ण पक्ष शुरु हुन्छ र अन्त्यमा औँशी आउँछ ,औँशीलाई अमावस्य पनि भनिन्छ ।

कृष्ण पक्ष वा औँशीमा पितृहरुलाई सम्झने वा बावु आमाको स्वार्गारोहण भईसकेका व्यक्तिहरुले आमा बुवाको नाममा सिदा दान गर्ने चलन छ । शास्त्र अनुसार निम्न कामहरु औँशीमा गर्नु हुँदैन ।

१. अमावस्याको दिन पितृलाई सम्झने वा पितृको प्रसन्नताका लागि छुट्याइएको दिन हो । त्यसैले यस दिन तिहारको लक्ष्मीपूजा बाहेक कुनै किसिमको माङ्गलिक कर्म गर्नु हुँदैन ।

२. औँशीको दिन दाम्पय सुख र पारिवारिक समृद्धीका लागि गरिने उपवास, दान, धर्म र परोपकारी काम गर्ने प्रचलन रहेको छ ।

त्यसैले यस दिन शुभ तथा मांगलीक कार्यहरु जस्तै नाचगान,पार्टी,उत्सव, डेटिङ, भ्रमण, रमाइलो वा मैथुन गर्नु हुँदैन ।

यस दिन मैथुन गरेमा पति वा पत्नीमा मानसिक रोगको उच्च सम्भावना हुन्छ ।

त्यसैले औँशी वा यसको आसपासमा ठहरिएको गर्भबाट स्वस्थ शिशु जन्मने सम्भावना हुँदैन,त्यस्तै औँसी र यसको अघिल्लो दिन वा पछिल्लो दिन जन्मिएको जातकलाई चन्द्रमा निर्बली हुनाले ज्योतिष शास्त्रले राम्रो मान्दैन ।

३. यस दिन तामसी वस्तुको प्रयोग वा सेवन गर्नु हुँदैन, त्यस्तै जाँडरक्सी,मासु,लसुन प्याज आदि नसालु चिजबिजको संसर्गमा रहुनु हुँदैन ।

यी वस्तुको सेवन गरेमा दीर्घरोगी बनाउने र परिवार सुखबाट वञ्चित बनाउने खतरा हुन्छ ।

४. अमावस्याको वैज्ञानिक पक्षलाई नै विचार गर्ने हो भने औँशीका दिनमात्र होइन कृष्ण पक्षको चतुर्दशी र शुक्लपक्षको प्रतिपदाका दिन पनि मन, वचन र शरीरले पवित्र र शुद्ध हुने प्रयास गर्नु वाञ्छनीय मानिन्छ ।

५. औँशीको दिन सूर्य र चन्द्रमा एउदै राशीमा हुन्छन् जसको कारण सूर्यले चन्द्रमाको बललाई निस्तेज पार्ने र चन्द्रमाले सूर्यलाई पीडित बनाउने हुनाले सूर्य र चन्द्रमाबाट नकारात्मक किरणहरु आउने हुनाले यस दिन गरिने कामहरुबाट भविष्यमा न्यून प्रतिफल प्राप्त हुने शास्त्रको मान्यता रहेको छ ।

ज्यो.दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?