ड्युटीमा खटिएका सैनिकद्वारा आफैँलाई गोली हानी आत्महत्या

काठमाडौं – स्वयम्भूको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा एक जना सैनिकले आफैँमाथि गोली प्रहार गरी आत्महत्या गरेका छन् । उनी अस्पतालमा नेपाली सेनाको थर्ड ग्रेड तालिम गरिरहेका थिए।

बैतडीको सुर्मा गाउँपालिका ५ घर भएका डम्बरबहादुर विष्टले आफैंले बोकेको बन्दुक आफैँलाई प्रहार गरी आत्महत्या गरेका हुन्।

उनी गएराति बिहीवार राति ड्युटीमा खटिएका थिए ।

अस्पतालको जेनेरेटर रहेको पोष्टमा ड्युटीमा रहेको समयमा १२ बजेतिर गोली प्रहार गरी आत्महत्या गरेका थिए । मध्यरातमा नै उनको निधन भएको छ ।

गत जेठ ११ गते स्वयम्भू प्रहरी विटमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) विष्णु कार्कीले पनि आफैंले बोकेको पेस्तोलले आफैँलाई प्रहार गरेर आत्महत्या गरेका थिए।

लकडाउनदेखि जेठको दोस्रो सातासम्म देशभर १ हजार १ सय ५ जनाले आत्महत्या गरेका छन् । लकडाउनयता ६ जनाले विभिन्न हातहतियार प्रयोग गरेर आत्महत्या गरेका छन्।

घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?