काठमाडौं । वैदेशिक रोजगारीको शिलशिलामा कुवेत गएका नेपाल नागरिक मध्ये १ सय ५० जना बिहीबार स्वदेश फर्किएका छन् ।
कोरोना महामारीका कारण कुवेतमा अलपत्र परेका १ सय ५० जना नेपाली नागरिक बिहीबार काठमाडौं आइपुगेका हुन् । कुवेत सरकारको पहलमा उनीहरु नेपाल आएका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली सेनाले साझा बसमार्फत उनीहरुलाई होल्डिङ सेन्टरमा पुर्याएको थियो । जजिरा एयरवेजको न्यारोबडी मार्फत उनीहरु स्वदेश फर्किएका हुन् ।
बिहीबार नै अर्को विमानबाट कुवेतबाट नेपालीहरु आउने समय तालिका तय भएको छ । कुवेतबाट २ हजार ९ सय ९१ जनाले नेपाल फर्किन चाहेका छन् । अन्यलाई चरणवद्ध रुपमा स्वदेश फर्काइने सरकारले जनाएको छ ।
केहि तस्वीरहरु :
स्वदेश फर्के नेपाली त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कुवेतबाट फर्केका नेपाली । रोजगारीको सिलसिलामा विदेशमा समस्यामा परेका नेपालीहरुलाई नेपाल फर्काउने सरकारको नीतिअनुसार उनीहरु बिहीबार नेपाल फर्केका हुन् ।कुवेतबाट स्वदेश फर्के नेपाली त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कुवेतबाट फर्केका नेपाली । रोजगारीको सिलसिलामा विदेशमा समस्यामा परेका नेपालीहरुलाई नेपाल फर्काउने सरकारको नीतिअनुसार उनीहरु बिहीबार नेपाल फर्केका हुन् ।
कुवेतबाट स्वदेश फर्के नेपाली त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कुवेतबाट फर्केका नेपाली । रोजगारीको सिलसिलामा विदेशमा समस्यामा परेका नेपालीहरुलाई नेपाल फर्काउने सरकारको नीतिअनुसार उनीहरु बिहीबार नेपाल फर्केका हुन् ।स्वदेश फर्के नेपाली महिला कुवेतबाट बिहीबार त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थल आइपुगेका नेपाली बसबाट होल्डिङ्ग सेन्टर जाँदै ।
कुवेतबाट स्वदेश फर्के नेपाली कुवेतबाट स्वदेश फर्केका नेपालीहरु बिहीबार त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलको कफी सपमा खानेकुरा किन्दै ।कुवेतबाट स्वदेश फर्के नेपाली त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा कुवेतबाट फर्केका नेपाली महिला । रोजगारीको सिलसिलामा विदेशमा समस्यामा परेका नेपालीहरुलाई नेपाल फर्काउने सरकारको नीतिअनुसार कुवेत सरकारको सहयोगमा उनीहरु बिहीबार नेपाल फर्केका हुन् ।कुवेतबाट स्वदेश फर्के नेपाली त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा कुवेतबाट फर्केका नेपाली महिला । रोजगारीको सिलसिलामा विदेशमा समस्यामा परेका नेपालीहरुलाई नेपाल फर्काउने सरकारको नीतिअनुसार कुवेत सरकारको सहयोगमा उनीहरु बिहीबार नेपाल फर्केका हुन् । कुवेतबाट स्वदेश फर्के नेपाली त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कुवेतबाट फर्केका नेपाली । रोजगारीको सिलसिलामा विदेशमा समस्यामा परेका नेपालीहरुलाई नेपाल फर्काउने सरकारको नीतिअनुसार उनीहरु बिहीबार नेपाल फर्केका हुन् ।
प्रतिक्रिया