काठमाडौं । सारा विश्वमा कोरोना भाइरसको महामारी यतिबेला तीव्र गतिले बढीरहेको छ ।
यो समाचार तयार पार्दासम्म विश्वमा ४ लाख २४ हजार ४३६ जनालाई संक्रमण भएको छ भने ७६ लाख २६ हजार ७५१ जनाको मृत्यु भईसकेको छ ।
त्यस्तै ३८ लाख ८२ हजार ७९४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५३ हजार ९७९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच ईरानमा कोरोना भाइरसको दोश्रो लहर शुरु भएको छ । केहि देशमा पुरा भाइरस हराइसकेको अवस्थामा ईरानमा भने दोश्रो लहरको रुपमा कोरोना भाइरसको महामारी फैलिएको छ ।
ईरानी हेल्थ एक्सपर्ट र कोभिड १९ टास्क फोर्सका सदस्य एसहान मुस्तफावीका अनुसार भाइरसबाट संक्रमित भएकाहरुको संख्या देशमा करिव डेढ करोड हुन स्क्ने बताएका छन् । मुस्तफाबीका अनुसार ईरानमा कोरोना भाइरसको दोश्रो लहर शुरु भएको छ ।
कोरोनाको दोश्रो लहर आएको ईरान पहिलो देश हुनसक्ने बताइएको छ । एहसान मुस्तफाबीले एक सर्वेक्षणमा कति मानिसमा एन्टीबडी डेभलप भएको भन्ने पत्ता लागेको बताए । सर्वेमा १८.७५ प्रतिशत मानिसमा मात्र एन्टीबडी पाइएको छ ।
ईरानमा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण ८ हजार ६५९ जनाको मृत्यु भईसकेको छ भने १ लाख ८२ हजार ५२५ जनालाई संक्रमण भएको छ ।
त्यहाँ पछिल्लो २४ घण्टामा मात्र ७५ जनाको मृत्यु भईसकेको छ भने २ हजार ३६९ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यहाँ १ लाख ४४ हजार ६४९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ७३९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
तर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार ईरानमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या धेरै हुन स्क्ने बताईएको छ ।
वैज्ञानिकहरुले दाबी गरेका छन् कि, संसारका अन्य देशहरुमा पनि आँकडामा भन्दा धेरै संक्रमित हुन सक्छन् ।
किनभने एसिम्प्टोम्याटिक केस अर्थात् बिना लक्षणका संक्रमितहरुलाई गनिएको छैन ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया