मदिरा सेवनबाट मृत्यु भएकाको परिवारलाई २ लाख रुपैयाँ दिने

काठमाडौं – सरकारले मदिरा सेवनबाट मृत्यु भएकाहरुको परिवारलाई प्रतिपरिवार २ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

महेन्द्र चौधरी लगायत १२ जनाको परिवारलाई राहतस्वरुप प्रतिपरिवार २ लाख रुपैयाँ दिने सरकारले निर्णय गरेको हो ।

राष्ट्रिय मानवअधिकार आयोगको सिफारीसमा सरकारले मदिरासेवनबाट गत गत वर्ष चैत्रमा मृत्यु भएकाको परिवारलाई २४ लाख रुपैयाँ छुट्याएको हो ।

हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डाक्टर युवराज खतिवडाले जानकारी दिएका हुन् ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका २ रमदैया भवाडीमा घरेलु मदिरा पिउँदा ३ महिनाअघि १२ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?