मोटरसाइकलमा १ जना मात्र चढ्न पाउने

काठमाडौं । सरकारले लकडाउन खुकुलो बनाएसँगै मोटरसाइकलमा एकजना मात्र चढ्ने व्यवस्था गरेको छ ।

बुधवार बसेको मन्त्रीपरिषद् बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता डा युवराज खतिवडाले त्यस्तो निर्णय भएको बताए ।

त्यस्तै सवारी साधनको हकमा काठमाडौं उपत्यका र बाहिरका जिल्लामा जोर बिजोरका माध्यमबाट सवारी सञ्चालन गर्न दिने निर्णय भएको खतिवडाले बताए ।

निजी सवारी साधन मात्र चलाउन दिइएको र त्यसमा चालकबाहेक दुइ जना बस्न पाउनेछन् । त्यस्तै प्रवक्ता खतिवडाका अनुसार फोहोर मैला व्यवस्थापन आदी काम सुचारु रुपमा छोडिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?