हेर्नुहोस् २०७७ साल जेठ ३० गतेको राशिफल

काठमाडौं । वि.सं. २०७७ जेठ ३० गते । शुक्रवार । इ.स.२०२० जुन १२ तारिक । शकसंवत् १९४१ । प्रमादी संवत्सर । उत्तरायण ।

ग्रीष्म ऋतु । ने.सं. ११४० बछलागा । आषाढ कृष्णपक्ष । तिथी–सप्तमी,२३ बजेर ५७ मिनेट उप्रान्त अष्टमी । नक्षत्र– शतभिषा,२० बजेर २५ मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग विष्कुम्भ,१२ बजेर ३३ मिनेट उप्रान्त प्रिती ।

करण– भद्रा,११ बजेर १६ मिनेट उप्रान्त बव,२३ बजेर ५७ मिनेट उप्रान्त बालव । आनन्दादिमा– सौम्य योग ।

चन्द्रराशि–कुम्भ । काठमाडौंमा सूर्योदय ६ बजेर ०९ मिनेटमा, सूर्यास्त १८ बजेर ५८ मिनेटमा । दिनमान ३४ घडी ३२ पला । बालश्रमविरुद्ध दिवस । पञ्चक ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

भौतिक तथा भोगविलासका सामानहरु प्राप्त हुनेछन् । दाम्पत्य सम्वन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्धले आगामी दिनहरुमा विवाहरुपी निकास पाउँने योग रहेको छ ।

अध्यनमा प्रगति हुनेछ । व्यापार व्यवसायबाट न्युन आम्दानी हुनेछ ।

औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

राजनीति तथा समाजसेवामा जनताको काम गर्न सकिने हुँदा पद प्राप्तको गतिलो योग रहेको छ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकीकरण गरी मनग्गे धन आर्जन गर्न सकिनेछ ।

बुवा तथा अग्रजहरुको आशिर्वाद लिँदै राम्रा काम गर्न सकिनेछ । पैत्रिक सम्पत्ती प्राप्त हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

सामाजिक तथा परोपकारी काममा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो प्रगती गर्न सकिने हुनाले मन प्रशन्न हुनेछ ।

राजनीतिज्ञले जनताको काम गरी पद प्राप्त गर्ने समय रहेको छ । प्रेमील जोडीहरुका लागि समय उत्तम रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

खानपान तथा मौसमको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ । धेरै समय दिएमात्र व्यापार व्यवसायमा आम्दानी गर्न सकिनेछ ।

सामाजिक काममा समय दिन नसकिने हुनाले जिम्मेवारी वहन नगर्नु नै ठिक हुनेछ । अध्ययनमा मन नजानाले नतिजा अरुकै पोल्टोमा पर्नेछ । प्रेममा धोका हुनेछ । भौतिक सम्पत्ती प्रयोग गर्दा ध्यान दिनुहोला ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

घरायसि सेवा सुविधाको उपयोग गरी अगाडी बढ्न सकिनेछ । आफन्त तथा साथीभाईको सहयोग पाईने योग रहेको छ ।

व्यापारमा आम्दानी गरी आर्थिक अवस्था सुदृढ बनाउन सकिनेछ ।

माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ भने बिपरित लिङ्गको सहयोगले राम्रा काम गर्न सकिनेछ । बिलाशी बस्तुको प्रयोग मार्फत अरुको मन आफूतिर लोभ्याउन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

उपहार तथा भौतिक सम्पत्ती हात लागि हुने योग रहेको छ । अध्ययनमा मन जाने तथा प्रविधिको प्रयोग गर्न सकिनेछ ।

नोकरीमा हुने प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । मामा तथा मावली पक्षबाट भनेजस्तो सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । प्रेमको गाँठो कसिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

आफन्त तथा छोराछोरीको प्रगतीमा मन रमाउनेछ । वौद्धिक तथा प्राज्ञिक क्षेत्रमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ भने विद्यार्थी हरुका लागि समय उत्तम रहेको छ ।

मन परेको मानिसबाट भौतिक सम्पत्ती तथा उपहार प्राप्त हुने योग रहेको छ । शेयर बजारको लगानी विगत भन्दा सुधार भएर जानेछ । प्रेममा रमाउन चाहानेहरुका लागि समय फलदायी रहेको छ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

समय मध्यम रहेकोले व्यापारमा लगानी गर्नको लागि केहि दिन कुर्नु नै राम्रो रहनेछ । तर पनि कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ ।

आमा तथा आफन्तसँग टाडिएर यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । माया प्रेममा नजिक हुँदा मनमुटाव सिर्जना हुनेछ ।

खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या बढ्ने योग रहेको छ । राजनीतिज्ञको लागि समय मध्ययम रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

व्यापार व्यवसाय फस्टाएर जाने तथा सापटि दिईएका रकमहरु फिर्ता आउनाले दैनिकी सुदृढ हुनेछ ।

आफन्त तथा कुटुम्बबाट सहयोग पाईनेछ भने मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । माया प्रेमको गाँठो कसिलो भएर जाने तथा जीवन साथीको भरपुर सहयोग पाईनेछ ।

न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन् । छोटो तथा उपलब्धी मुलक यात्रा हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

तपाईले शुरु गरेको काममा आफन्त तथा कुटुम्बको सहयोग प्राप्त हुनेछ । पारिवारीक माहोलमा दिन बित्नेछ भने मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

बोलिको प्रभाव बढ्ने हुनाले बोलेरै धेरै काम गर्न सकिनेछ । पढाई लेखाईमा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा शंका उपशंकाहरु हट्दै जानेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

पारिवारिक माहोलमा समय बित्ने हुनाले दिन रमाईलो तथा उल्लासमय बित्नेछ । महंगो तथा बिलाशी वस्तुको प्रयोग गर्न पाईने योग रहेको छ ।

राजनीति तथा सामाजिक कार्यमा जनताको समर्थन रहनेछ भने प्रतिष्ठित काम गरी ईज्जत कमाउन सकिनेछ ।

प्रेममा नजिक भई गफिने अवसर प्राप्त हुनेछ । टेक्निकल सामान तथा नयाँ प्रविधिको प्रयोग गरी आम्दानीमा वृद्धि गर्न सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

खर्च स्थानमा गोचर गर्ने चन्द्रमाले दैनिक खर्च बढाउनेछ भने स्वास्थ्यमा समस्या आई औषधि खर्च बढेर जानेछ ।

पढाई लेखाईमा मन नजादा अरु भन्दा पछि परिनेछ । व्यापार व्यवसायमा प्रशस्त समय खर्चिए मात्र आम्दानी हुनेछ । अग्रज तथा आफन्तसँग मनमुटाव सिर्जना हुनेछ ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?