मलेसियाबाट घर फर्किनेको सूची सार्वजनिक, पहिलो चरणमा १ हजार बढी फर्किदै

काठमाडौं । मलेसियामा रहेका १ हजार ५ जना नेपाली पहिलो चरणमा घर फर्किन चाहेका छन् । मलेसियास्थित नेपाली दूतावासले पहिलो चरणमा घर फर्किन चाहने नेपालीहरुको नामावली प्रकाशन गरेको छ ।

लकडाउनका कारण विश्वका विभिन्न देशमा समस्यामा परेका नेपालीहरु स्वदेश फर्किन चाहिरहेका छन् । दूतावासले गत जुन ५ मा फेसबुक र अनलाइन मार्फत सूचना सार्वजनिक गरेको थियो । त्यसैको आधारमा प्राप्त हुन आएका मानिसहरुलाई घर फर्किने भएका हुन् ।

नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स मार्फत उनीहरुलाई नेपाल ल्याउन लागेको दूतावासले जनाएको छ ।
साथै नेपाल आउने सूचीमा परेकाहरुले ५२० अमेरिकी डलर टिकट काट्न सक्ने दूतावासले जनाएको छ ।

दूतावासका अनुसार जुन १८ र २१ मा हिमालय एयरलाइन्सले क्वाललम्पुरबाट उडान भर्नेछ । भने जुन १५ र २० तारिखमा नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट नेपालीहरुलाई ल्याउने छ ।

[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2020/06/EONKL20200611_0002.pdf”]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?