प्रदेश नं ६ मा मन्त्रालय बाँडफाँडको टुङ्गो लाग्यो, यस्तो छ भागबण्डा

सुर्खेत, ५ फागुन – प्रदेश नं ६ मा वाम गठबन्धनका दुई दलबीच मन्त्रालय भागबण्डा टुङ्गो लागेको छ मन्त्रालयको भागबण्डा टुङ्गो लागेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भोलि सरकार गठनको तयारी गरेका छन् । मन्त्रालयको विवाद समाधान भएपछि मुख्यमन्त्री शाहीले आइतबार मन्त्रीहरुको नियुक्ति गर्ने भएका छन् प्रदेश नं ६ मा नेकपा (माओवादी केन्द्र)को भागमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय र सामाजिक विकास मन्त्रालय परेको छ भने नेकपा (एमाले) को भागमा आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालय परेको छ माओवादी केन्द्रले मुख्यमन्त्रीसहित आर्थिक मामिला तथा योजना मन्त्रालय आफूसँग राख्ने योजना बनाए पनि एमालेले उक्त मन्त्रालय दाबी गर्दा माओवादी केन्द्रले छोडेको छ मुख्यमन्त्री शाहीले आफ्नो दलको भागमा परेका मन्त्रालयको मन्त्री छान्न आन्तरिक तयारी गरिरहेको सांसद कृष्णा शाहले बताइन् । माओवादी केन्द्रको भागमा परेका आन्तरिक मामिला तथा कानून मन्त्रालयमा जुम्लाका सांसद नरेश भण्डारी र सामाजिक विकास मन्त्रालयमा रुकुमका सांसद विमला केसीलाई मन्त्री बनाउने तयारी गरेको सांसद शाहले जानकारी दिइन् मुख्यमन्त्री पाएको माओवादी केन्द्रले आज मन्त्रालयको टुङ्गो लगाएपछि भोलि बिहान बस्ने संसदीय दलको बैठकले मन्त्री बन्ने भण्डारी र केसीको नाम अनुमोदन गर्ने उनले बताइन् नेकपा (एमाले) ले भने आफ्नो भागमा परेका चारवटा मन्त्रालयका लागि मन्त्री छान्न आन्तरिक गृहकार्य भइरहेको संसदीय दलका नेता यमलाल कँडेलले जानकारी दिए । भोलिसम्म मन्त्री बन्नेको नाम टुङ्गो लाग्ने र शपथ लिने उनले बताए वाम गठबन्धनका दुई दलबीच एमाले चार र माओवादीले मुख्यमन्त्रीसहित तीन मन्त्रालय पाउने सहमति भएको थियो । यो प्रदेशमा एमालेका २०, माओवादी केन्द्रका १३, काँग्रेसका छ र राप्रपाका एकजना सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?