नेपालमा आज १ सय ८७ जना कोरोना जितेर घर फर्किए

काठमाडौं । नेपालमा थप १ सय ८७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

यससँगै कोरोना उपचारपछि घर फर्किनेको संख्या ८ सय ६१ पुगेको छ । जसमध्ये ७७४ पुरुष तथा ८७ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

बिहीवार मात्रै २ सय ५० कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको मन्त्रालयले जनाएको छ । भने हालसम्म १५ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?