राप्रपामा ३२७ जनाको केन्द्रीय कार्यसमिति, सल्लाहकारमा विश्वबन्धु थापा (विज्ञप्तीसहित)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३२७ जनाको केन्द्रीय कार्य समिति बनाएको  छ । विधान तथा पार्टी एकिकरण सम्बन्धि आधारपत्रको बमोजिम तीन अध्यक्षको सहमतिमा पार्टीको कार्यविभाजन गरेको हो ।

केन्द्रीय कार्य सम्पादन समितिमा ८२ जना र केन्द्रीय कार्य सम्पादन समितिमा ११ जना आमन्त्रित रहने व्यवस्था गरिएको राप्रपाले जनाएको छ ।

त्यस्तै विश्वबन्धु थापाको अध्यक्षतामा उच्च स्तरीय सल्लाहकार समिति गठन गरिएको छ । साथै १३ सदस्यीय सचिवालय कार्य व्यवस्था समिति गठन गरिएको जनाइएको छ । पूर्व प्रधानमन्त्री सम्माननीय लोकेन्द्रबहादुर चन्द केन्द्रीय कार्य समिति र केन्द्रीय कार्य सम्पादन समितिमा पदेन सदस्य रहेका छन् ।

[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2020/06/New-Microsoft-Word-Document-2.pdf” title=”New Microsoft Word Document (2)”]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?