२२ मङ्सिर २०७९, बिहीवार

सुनिल खड्काले सोलुखुम्बुबाट चुनाव लड्ने

२०७४,आश्विन,५,बिहीवार ०४:१३

0
Shares

काठमाण्डौं, ५ असोज । नयाँ शक्ति नेपालका युवा नेता सुनिल खड्काले आगामी प्रतिनीधि सभा निर्वाचनमा सोलुखुम्बु जिल्लाबाट उमेदवारी दिने घोषणा गरेका छन । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता खड्ुकाले आफ्नो गृह जिल्लाबाट उमेदवारी दिने घोषणा गरेका हुन । फेसबुकमा खड्काले लेखेका छन आगामी प्रतिनीधि सभा सदस्यका लागी उमेदवारी दिने तयारी गर्दैछु । देश विदेशमा भएका सबै साथिहरुको साथ सहयोगको अपेक्षा गरे ।     प्रतिनीधि सभा निर्वाचनका लागि एक मात्र निर्वाचन क्षेत्र भएको सोलुखुम्बुबाट खड्काले उमेदवारी दिने घोषणा गरेका हुन । यसअघि २०७० सालमा भएको संविधान सभाको दोश्रो निर्वाचनमा सोलुखुम्बुबाट काँग्रेस केन्द्रीय सदस्य बलबहादुर केसी विजय भएका थिए । तर पछिल्लो समय सोलुखुम्बुमा काँग्रेस कमजोर बन्दै गएको स्थानीय तहको निर्वाचन परिणामले देखाएको छ । थाईल्याण्डमा व्यवसाय गरेर बस्ने खड्का नेपाल फर्किएर पछिल्ला दुवै बर्ष राजनीतिमा निकै सक्रिय छन । उनी नयाँ शक्ति नेपालको केन्द्रीय आर्थिक विभागका संयोजक समेत हुन ।

प्रकाशित मिति: २०७४,आश्विन,५,बिहीवार ०४:१३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । निर्वाचन आयोगले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीको अन्तिम मतपरिणाम सार्वजनिक गरेको छ

काठमाडौं । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ सबै मतगणना सकिएपछि निर्वाचन आयोगले प्राप्त मत

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल वायुसेवा निगमको नेतृत्वले क्षमता विकास गर्न नसकेको बताएका छन् ।

काठमाडौं । काठमाडौं ५ बाट निर्वाचित सांसद प्रदीप पौडेलले नांगो तार व्यवस्थापनका लागि पहल शुरु गरेका छन् । यसका लागि

ताजा समाचार

नेपाल नामिबियासँग पराजित
 २०७९,मङ्सिर,२१,बुधबार २१:४६