राजधानीलाई सुरक्षित बनाउन लकडाउनलाई थप कडाइ गर्नुपर्ने स्थानीयले माग गरेका छन् । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले देशको राजधानी भएका कारण कोरोना महामारीबाट जोगिन भित्री बजार खुला गरी उपत्यका भित्रिनेमाथि थप कडाइ गर्नुपर्ने बताएका छन् ।
उनले लकडाउन खुला भएसँगै उपत्यका भित्रिनेको संख्या ह्वात्तै बढ्ने आँकलन गर्दै सो अवस्थामा आउने सम्भावित दुर्घटनालाई रोक्न विशेष सावधानी अपनाउन पनि राजधानीबासीलाई आग्रह गरेका छन् ।
संघीय राजधानी भएकाले दैनिक हजारौं मानिस उपत्यका भित्रिने भएकाले त्यसलाई रोक्न सरकारले विशेष कदम चाल्नुपर्ने पनि बताए । उनले उपत्यका भित्रिनेलाई पूर्णरूपमा बन्देज गन नसकिने भन्दै अत्यावश्यक कामले राजधानी छिर्नेहरूको पनि कोरोना परीक्षण गर्नुपर्ने बताए । नेपाल समाचारपत्रमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया