अल्ट्रासाउण्ड मेसिन चोरीको अभियोगमा दुई जना स्वास्थ्यकर्मी पक्राउ

काठमाडौं । चोरीमा संलग्न भएको अभियोगमा दुई जना स्वास्थ्यकर्मी पक्राउ परेका छन् । सर्लाही घर भएका एमबीबीएस डाक्टर प्रविण मिश्र र महोत्तरी घर भएका अहेब रमेश कुमार शर्मा चोरी अभियोगमा पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी परिसर जावलाखेलले उनीहरुलाई पक्राउ गरेको हो । पाटन अस्पतालको पोटेबल अल्ट्रासाउण्ड मेसिन हराएको सूचना थियो, त्यसमा उनीहरुको संलग्नता रहेको प्रहरीले बताएको छ ।

चोरी गरेको उक्त मेसिन बानेश्वरमा एक जना साथीको कोठामा लुकाएको पाइएको र प्रहरीको सोधपुछमा उनीहरुले वर्दिवासमा रहेको आफ्नो पोलिक्लिनिकमा प्रयोगका लागि उपकरण लगेको प्रहरीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?