संघीय लोकतान्त्रिक गणतन्त्रलाई दिगो बनाउनुपर्छः मन्त्री चुमान

तनहुँ, ५ फागुन । आन्तरिक मामिला, न्याय तथा कानूनमन्त्री हरिबहादुर चुमानले मुलुकमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई व्यावहारिक रुपमा कार्यान्वयनमा लैजानुपर्ने आवश्यकता रहेको बताएका छन् नेकपा माओवादी केन्द्र तनहुँले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई सबल, सुदृढ र दिगो बनाएर लैजानु अहिलेको आवश्यकता छ ।’प्रदेश नं. ४ का आन्तरिक मामिला, न्याय तथा कानूनमन्त्री रहनुभएका चुमानले पार्टीलाई अझ बढी सबल र जनमैत्री बनाउनका लागि आफू लागिपर्ने बताउँदै जनता केन्द्रीत कार्य गर्न पार्टीका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे नेकपा माओवादी केन्द्र तनहुँका संयोजक राजेन्द्रकेशरी न्यौपानेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा मन्त्री चुमानलाई टीका र खादा ओढाएर स्वागत तथा सम्मान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?