संशोधन फिर्ता नलिए सरिता गिरीलाई पार्टीले कारवाही गर्ने

काठमाडौं । जनता समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरीले संविधान संशोधन विधेयक फिर्ता लिन पार्टीले निर्देशन दिएको छ ।

सांसद गिरीले लिम्पियाधुरासहितको नक्सा समेटिएको निशान छापसम्बन्धी संविधान संशोधन विधेयक खारेजको माग गर्दै संशोधन दर्ता गराएकी थिइन् ।

बुधवार संसदमा दर्ता गराएको उक्त विधेयक चौतर्फी आलोचनापछि पार्टीको संसदीय दलबाट उनलाई सो निर्देशन दिइएको हो ।

राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच एकीकरण भएपनि संसदीय दलको एकीकरण नभएको कारण उनलाई समाजवादी पार्टीको तर्फबाट नै विधेयक फिर्ता लिनको लागि निर्देशन दिइएको जनाइएको छ ।

उनले संसदीय दलका निर्देशन विना नै संशोधन हालेको हुँदा सो संशोधन तुरुन्त फिर्ता लिनका लागि पार्टीले निर्देशन दिएको र संशोधन फिर्ता नलिए पार्टीले कारवाही गर्न बाध्य हुने संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरियाले लेखेको पत्रमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?