मन्त्रीपरिषद् बैठक शुरु, लकडाउन सहजीकरण गरिने

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रीपरिषद् बैठक बसेको छ ।

आज बसेको बैठकले लकडाउन सहजीकरण गर्नेबारे छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।

यस अघि मंगलवार बस्ने भनिएको मन्त्रीपरिषद् बैठक रोकिएको थियो ।

गत बिहीवार बसेको मन्त्रिपरिषद् बैठक बसेको बैठकले लकडाउनको मोडालिटी तयार पार्न उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?