काठमाडौं । बुधवारको प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिपक्षी दलका सांसद गगन थापाबीच संसदमा दोहोरी चलेको छ । नेपालीहरुको रोग प्रतिरोधी क्षमता (इस्टामिना) कस्ले बढी छ भन्ने सांसद थापाको प्रश्नमा प्रधानमन्त्री आफूले नै नेपालीहरुको रोग प्रतिरोधी क्षमता बढी छ भन्ने कुरा बताएको जवाफ दिए ।
“हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढी छ भनेर कस्ले भन्यो ?” सांसद थापाले प्रश्न गरे । प्रतिवादमा प्रधानमन्त्री ओलीले भने, “एउटा मान्यज्यूले भन्नुभयो, नेपालीहरुको रोग प्रतिरोधात्मक क्षमता राम्रो छ भनेर कस्ले भन्यो भनेर ? भर्खरै सुन्नुभयो नि मैले नै भनेको हो भनेर ।”
साथै नेपालीको रोग प्रतिरोधात्मक क्षमताको विषयमा डाक्टर, बैज्ञानिक तथा विज्ञबाट चूनौती आएमा मात्र आफूले स्वीकार्ने बताए । आधा नेपाली हिमाली भेगतिर उकाली ओराली गरी स्वच्छ हावापानीमा बसेकाले स्टामिना बलियो रहेको दावी गरेका छन् ।
https://www.facebook.com/lokpath/videos/251154819489647/?t=81
साथै सांसद थापाले भ्रष्ट्राचार र स्वास्थ्य सामाग्रीको सूची राखेर संसदमा प्रधानमन्त्रीसँग छलफल गर्न आफू तयार रहेको पनि बताएका छन् । उनले भने, “भष्टाचार र स्वास्थ्य सामाग्रीको सुची राखेर संसदमा छलफल गर्न म प्रधामन्त्रीलाई खुला आह्वान गर्छु तयार हुनुहुन्छ प्रधानन्त्री ज्यू ?”
कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले बनाएको क्वारेन्टाइनमाथि प्रश्न उठाँउदै प्रधानमन्त्री ओलीलाई आफूले बनाएको क्वारेन्टाइनको मापदण्ड पढेको वा नपढेको बारेमा समेत सोधेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया