३१ आश्विन २०७८, आईतवार

सुनिल खड्काले सोलुखुम्बुबाट चुनाव लड्ने

२०७४,आश्विन,५,बिहीवार ०४:१०


काठमाण्डौं, ५ असोज ।नयाँ शक्ति नेपालका युवा नेता सुनिल खड्काले आगामी प्रतिनीधि सभा निर्वाचनमा सोलुखुम्बु जिल्लाबाट उमेदवारी दिने घोषणा गरेका छन । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता खड्ुकाले आफ्नो गृह जिल्लाबाट उमेदवारी दिने घोषणा गरेका हुन ।फेसबुकमा खड्काले लेखेका छन आगामी प्रतिनीधि सभा सदस्यका लागी उमेदवारी दिने तयारी गर्दैछु । देश विदेशमा भएका सबै साथिहरुको साथ सहयोगको अपेक्षा गरे प्रतिनीधि सभा निर्वाचनका लागि एक मात्र निर्वाचन क्षेत्र भएको सोलुखुम्बुबाट खड्काले उमेदवारी दिने घोषणा गरेका हुन ।यसअघि २०७० सालमा भएको संविधान सभाको दोश्रो निर्वाचनमा सोलुखुम्बुबाट काँग्रेस केन्द्रीय सदस्य बलबहादुर केसी विजय भएका थिए । तर पछिल्लो समय सोलुखुम्बुमा काँग्रेस कमजोर बन्दै गएको स्थानीय तहको निर्वाचन परिणामले देखाएको छ ।थाईल्याण्डमा व्यवसाय गरेर बस्ने खड्का नेपाल फर्किएर पछिल्ला दुवै बर्ष राजनीतिमा निकै सक्रिय छन । उनी नयाँ शक्ति नेपालको केन्द्रीय सचिवालय सदस्य समेत हुन ।

प्रकाशित मिति: २०७४,आश्विन,५,बिहीवार ०४:१०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

एसपी यादवर/ सर्लाही । कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले जनता समाजवादी पार्टी मुद्दामा आधारित पार्टी रहेको बताएका

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति कार्यान्वयनका लागि

काठमाडौं । सरकारले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका मोहम्मद हकीम साहको जिल्ला प्रहरी कार्यालय सुनसरीको बन्दी गृहमा भएको मृत्यु प्रकरणबारे सत्यतथ्य

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर कुल ८

ताजा समाचार

दशैँको समयमा चार सडकआश्रितको उद्धार
 २०७८,आश्विन,३१,आईतवार १९:५०