काठमाडौं । बुधवार प्रदेश नम्बर २ का विभिन्न जिल्लामा १ सय ९६ जना व्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ ।
जस अनुसार सप्तरी जिल्लामा ६ जना, सिरहा जिल्लामा १३ जना, धनुषा जिल्लामा २२ जना, महोत्तरी जिल्लामा ४४ जना, सर्लाही जिल्लामा ४३ जना र रौतहट जिल्लामा ६८ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसअघि कर्णालीमा आज नै थप ३७ जनामा कोराना संक्रमण पुष्टि भएको थियो ।
आज थपिएको संक्रमितहरुको बारेमा केहीबेरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित मिडिया ब्रिफिङ मार्फत जानकारी गराउनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया